Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तैवाट

केसीको अनशन जारी

बुधबार, ०१ मंसिर २०७३

काठमाडौं १ मंसिर / प्रा.डा.गोविन्द केसीको दसौं आमरण अनशन मंगलबार तेस्रो दिन पनि जारी छ । उनी नौ बुँदे मागसहित त्रिवि शिक्षण अस्पतालको हाताभित्र अनशन बसेका छन् । वरिष्ठता मिचेर गत आइतबार चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डिन नियुक्त गरिएपछि उनी अनशन बसेका हुन् ।
डिन नियुक्त गर्ने त्रिवि उपकुलपति तीर्थ खनियाँलाई तत्काल बर्खास्त गर्नुपर्ने डा. केसीको माग छ । विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्न बन्ने सर्च कमिटी शिक्षामन्त्रीको नभई स्वतन्त्र विज्ञको नेतृत्वमा हुने कानुनी व्यवस्थासँगै विगतको सम्झौता तत्काल कार्यान्वयन गरिनुपर्नेसमेत उनले माग गरेका छन् । यस्तै, एमबीबीएस र बीडीएस कार्यक्रमको शुल्क अघिल्लो साल कार्यान्वयनमा आएझैं (एमबीबीएसमा उपत्यकाभित्र ३५ लाख, उपत्यकाबाहिर ३८.५ लाख, बीडीएसमा २० लाख) यो वर्ष पनि कायम गर्न तत्काल विश्वविद्यालयहरूलाई निर्देशन दिनुपर्ने लगायतका माग पनि उनले अघि सारेका छन् ।
कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया