Edukhabar
शनिबार, १५ बैशाख २०८१
विदेशमा शिक्षा

छात्रामाथि हुने भेदभाव रोक्ने कानूनलाई स्वीकृति

सोमबार, १३ मंसिर २०७३

अमेरिका– सिख अमेरिकी, दक्षिण एसियाली र मुश्लिम छात्रामाथि हुने भेदभाव रोक्ने कानूनलाई अमेरिकामा स्वीकृति दिइएको छ । क्यालिफोर्निया राज्यले अल्पसंख्यक रुपमा रहेका त्यस्ता प्रकृतिका छात्राहरुलाई शैक्षणिक संस्थाहरुमा सुरक्षित वातावरण बनाउनका लागि बनाइएको उक्त कानूनलाई स्वीकृति दिएको हो ।

क्यालिफोर्नियाका गर्भनर जेरी ब्राउनले सिख अमेरिकी, दक्षिण एसियाली र मुश्लिम छात्रामाथि हुने भेद्भाव रोक्नका लागि ‘एबी २८४५’ कानून अर्थात् ‘सेफ प्लेस टू लर्न एक्ट’ मा हस्ताक्षर गरेका छन् ।

उक्त हस्ताक्षरलाई सिख कोलिसनका कम्युनिटी डेभलप्मेन्ट मेनेजर हरजित कौरले उक्त कानूनलाई कक्षाकोठामा अल्पसंख्यक समुदायका छात्राहरुमाथि हुने भेद्भाव रोक्नका लागि ऐतिहासिक कदम भएको बताए । उनले कानूनले अल्पसंख्यक छात्राको अधिकारलाई सुनिश्चित गरेको पनि उल्लेख गरे ।

यस्तो कानूनको मस्यौदा तयार गर्ने र लागू गराउनका लागि सिख कोलिसन,, सिख अमेरिकन लिगल डिफेन्स एण्ड एजुकेशन फन्ड, एसियन अमेरिकन्स एडवान्सिङ जस्टिस– क्यालिफोर्निया र काउन्सिल अन अमेरिकन इस्लामिक रिलेसन्स क्यालिफोर्नियालगायतका संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

–एजेन्सीको सहयोगमा

प्रतिक्रिया