Edukhabar
विहीबार, ०६ बैशाख २०८१
विदेशमा शिक्षा

दुई देश जान चाहने विद्यार्थीलाई लक्षित गरी एउटै मेला

शनिबार, ०२ पुस २०७३

काठमाडौं– अध्ययनका लागि अष्ट्रेलिया तथा न्यूजिल्याण्ड जान चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक मेला आयोजना गरिएको छ ।

विदेश जान चाहने विद्यार्थीलाई परामर्श दिदैं आएका ब्यवसायी आवद्ध नेपाल शैक्षिक परामर्श संघ ईक्यानले गरेको मेलाको व्रिटिस काउन्सिलका कन्ट्रि एक्जाम मेनेजर जिम ओनइलले उद्घाटन गरेका थिए ।
यस्ता मेलाले विद्यार्थीलाई सहि गन्तब्य छनौट गर्न सहज हुने बताउँदे जिमले ब्रिटिस काउन्सिलले विगत ६० बर्षदेखि नेपालको शिक्षा क्षेत्रमा कार्य गरिरहेको स्मरण गरे ।  

अन्नपुर्ण होटलमा शुरु दुई दिने मेलाको उद्घाटन सत्रमा इक्यानका अध्यक्ष प्रकाश पाण्डेले मेलाबाट करिब तीन हजार विद्यार्थी लावान्वित हुने दावी गरे । मेलामा २६ कम्पनीका प्रतिनिधि, विभिन्न कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागिता छ ।

अष्ट्रेलिया तथा न्यूजिल्याण्ड जान चाहने नेपाली विद्यार्थीलाई मात्रै लक्षित गर्दै इक्यानले दोश्रो पटक मेला गरेको हो ।

प्रतिक्रिया