Edukhabar
बुधबार, १२ बैशाख २०८१
विदेशमा शिक्षा

विदेश जान चाहने विद्यार्थीलाई परामर्श दिन शैक्षिक मेला

मंगलबार, १२ पुस २०७३

चितवन - अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श तथा जानकारी दिने उद्धेश्यले चितवनमा शैक्षिक मेला हुने भएको छ । बुधबार देखि हुने ३ दिने मेलामा स्वदेशी र विदेशी शैक्षिक संस्थाहरु गरी ९६ वटा स्टलहरु र ८ वटा पेभिलियन रहने नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

“इच्छा अनुसारको शिक्षा, हामि सवैको अपेक्षा, चाहे स्वदेशमा होस या विदेशमा” भन्ने मुल नाराका साथ हुने मेलाको आयोजक इक्यानको चितवन शाखा रहेको उक्त विज्ञप्तिमा उल्लेख छ । इक्यान चितवनको आयोजनामा हुने यो मेला दोश्रो हो ।

मेलामा स्विदेशी तथा विदेशी उच्च शिक्षा वारे विद्यार्थी तथा अभिभावकहरुले विस्तृत र प्रत्यक्ष जानकारी पाउन सक्ने आयोजक संस्थाका अध्यक्ष जिवन रिजालद्धारा जारी विज्ञप्तिमा दावी गरिएको छ । विद्यार्थी तथा अभिभावकहरुले स्वदेशी तथा विदेशी कलेज तथा विश्व विद्यालयहरुकको प्रतिनिधीहरुसंग प्रत्यक्ष परामर्श लिन सकिने ब्यवस्था मिलाईएको आयोजकको दावी छ ।

मेलाको व्यवस्थापन वान अप इभेन्टस एण्ड म्यानेजमेन्ट सोलुसनले गर्ने छ ।

प्रतिक्रिया