Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
विदेशमा शिक्षा

कन्सल्टेन्सीको धन्दा म्यानपावर जस्तै, रकम उठाउने पक्राउ

सोमबार, ०९ फागुन २०७३

काठमाडौं - विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श दिदैं आएका कन्सल्टेन्सीहरुले म्यानपावर जस्तै गरी कार्य गर्ने गरेको फेला परेको छ । रोजगारीको लागि जापान पठाई दिन्छु भन्दै रकम असुल गर्ने कन्सल्टेन्सीका सञ्चालक पक्राउ परे सँगै कन्सल्टेन्सीका नाममा म्यानपावर सञ्चालन हुँदै आएको तथ्य पुष्टि भएको छ ।

बसुन्धारा स्थित इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी प्रा.लि.का सञ्चालक काभ्रे सर्स्युखर्क – ७ का देवराज तामाङ्गलाई प्रहरीले पक्रेको छ । आकर्षक तलवको सुविधा भएको कुक भिषामा जापान जान १४ लाख ५० हजार लाग्छ भन्दै उनले खोटाङ्ग बाहुनीडाँडा गा.वि.स.९ की छपन सरी राईबाट मेडिकल लगायतका प्रकृयाका लागि पेश्की स्वरुप रु.२ लाख ५ हजार लिएको अभियोगमा प्रहरीले तामाङ्लाई पक्रेको हो ।  

त्यसै गरी धादिङ्ग जीवनपुरका हिरालाल ठकुरी, गोकुल रेग्मी, लक्ष्मण रेग्मी, रमेश सेढाई, बलराम गजुरेल, धादिङ्ग छत्रेदेउरालीका शम्भु प्रसाद लोहनी, काठमाण्डौ सितापाईलाका सुदन भट्टराई समेत ७ जनालाई एग्रीकल्चरल रिसर्च भिषामा आकर्षक तलवमा जापान पठाईदिने भनदै जनही रु.९ लाख ५० हजार लाग्ने भनदै गठि गरेको प्रहरीको दावि छ । रकम उठाएर  निवेदन दिएका थिए ।

सोही जाहेरीका आधारमा प्रहरीले तामाङ्गलाई बसुन्धाराबाट पक्राउ गरी ठगी मुद्दामा आवश्यक कारवाही अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया