Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

प्राविधिक एसईईको नतिजा सार्वजनिक, साधारणतर्फको भन्दा राम्रो

आइतबार, ११ असार २०७४

भक्तपुर– कक्षा १० को प्राविधिक धारका माध्यमिक शिक्षा परीक्षा ( प्राबिधिक एसइइ) को नतिजा सार्वजनिक भएको छ । गत चैतमा सञ्चालित सो नतिजा आइतबार साँझ सार्वजनिक गरिएको हो ।
परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार सबैभन्दा माथिल्लो जिपिए ३.६४ देखि ४.० ल्याउनेको संख्या एक सय ३९ रहेको छ । प्राविधिक धारमा जिपिए २ भन्दा कम ल्याउने विद्यार्थी संख्या जम्मा एक रहेको छ । साधारण धारमा जिपिए २ भन्दा कम ल्याउनेको संख्या झण्डै डेढ लाख रहेको छ । परीक्षामा कूल तीन हजार पाँच सय ७८ सहभागि भएकामा साधारणतर्फको एसइइ भन्दा प्राविधिकको नतिजा राम्रो देखिएको उनको भनाइ छ ।
पनिकाका अनुसार जिपिए ३.२४ देखि ३.६० ल्याृनेको संख्या ६ सय २७ रहेको छ । जिपिए २.८४ देखि ३.२० ल्याउने एक हजार एक सय ९९, जिपिए २.४४ देखि २.८० ल्याउने एक हजार एकसय ३६, जिपिए २.०४ देखि २.४० ल्याउने तीन सय ६९ र जिपिए १.६४ देखि २.०० ल्याउने ३५ जना रहेका छन् । पनिकाका अनुसार २५ जना विद्यार्थीको थेवरी र ४७ जनाको प्राक्टिकल मिसिङ भएको छ । ७९ जना ड्रप आउट भएको छ ।

 

प्रतिक्रिया