Edukhabar
बुधबार, २६ बैशाख २०८१
गतिविधि

न्यूजिल्याण्ड जाने विद्यार्थी लक्षित शैक्षिक मेला आइतबार

विहीबार, २२ भदौ २०७४

काठमाडौं– विदेश अध्ययन गर्न जाने विद्यार्थीको आर्कषक गन्तव्यको रुपमा विकास भैरहेको न्यूजिल्याण्ड गई पढ्न चाहने विद्यार्थीलाई लक्षित गरी राजधानीमा शैक्षिक मेला हुने भएको छ ।

रोहिणी इन्टरनेशनल एजुकेशन प्रालि, डल्फीन एजुकेशनल कन्सल्टेन्सी प्रालि र कंगारु एजुकेशन फाउण्डेशन प्रालिको संयुक्त आयोजनामा आगामी आइतबार मेला हुने भएको हो ।

मेलाबारे जानकारी दिन आयाजित पत्रकार सम्मेलनमा कंगारु एजुकेशन फाउण्डेशन प्रालिका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत महेशबाबु पण्डितले न्यूजिल्याण्ड जान चाहने विद्यार्थीलाई सही सूचना ता परामर्श प्रदान गर्ने उद्देश्यले मेला आयोजन ागर्न लागिएको बताए ।

उनले विगत ६ वर्षदेखि न्यूजिल्याण्ड एजुकेशन फेयरको आयोजना गर्दै आएको बताउँदै राजधानीको होटल ¥याडिशनमा हुने मेला भने सातौं भएको जनाए ।

मेलामा न्यूजिल्याण्डका १० वटा सरकारी कलेजहरुको सहभागिता हुने उनको भनाइ छ । उनका अनुसार उक्त मेलामा न्यूजिल्याण्डको ऐरा इन्ष्टिच्युट अफ क्यान्टरवरी, साउदर्न इन्ष्टिच्युट अफ टेक्नोलोजी, नेशनल माल्र्वो इन्ष्टिच्युट अफ टेक्नोलोजी, वेस्टर्न इन्ष्टिच्युट अफ टेक्नोलोजी एट तारान्की, वीन टेक, इस्टर्न इन्ष्टिच्युट अफ टेक्नोलोजी, तोइ– ओहमाई इन्ष्टिच्युट अफ टेक्नोलोजी, नर्थ टेक, वेलिङ्टन इन्ष्टिच्युट अफ टेक्नोलोजी र फिटेरिया कम्युनिटी पोलिक्लिनिकको रहभागिता रहने छ ।

एकदिने मेलामा विद्यार्थी तथा अभिभावकहरुलाई उपयुक्त विषय चयन, उपयुक्त कलेज छनौट तथा परिपक्व डकुमेन्टेशन मार्फत भर्ना र भिषाका सम्बन्धमा परामर्श र मार्गदर्शनका साथै न्युजिल्याण्ड हाइकमिशनको सहभागितामा इमिग्रेशन न्युजिल्याण्ड कार्यक्रम मेलाको मुख्य आर्कषण रहने आयोजकको भनाइ छ ।

 

प्रतिक्रिया