Edukhabar
शनिबार, १५ बैशाख २०८१
गतिविधि

विद्यार्थीको उद्घोष : जुट्छु म देश निर्माणमा

शुक्रबार, ३० भदौ २०७४

भक्तपुर –भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ९ मा रहेको भुवनेश्वरी माविले माविस्तरीय कविता प्रतियोगिता गरेको छ ।

विद्यार्थीलाई साहित्यमा रुचि जगाउने तथा अभिव्यक्ति क्षमतामा वृद्धि गर्न आयोजित प्रतियोगितामा सहभागी विभिन्न १६ विद्यालयका विद्यार्थीले कवितामार्फत् देश निर्माणमा जुट्ने अभिव्यक्ति दिए ।

भक्तपुरका सार्वजनिक विद्यालयहरुको संयुक्त परीक्षा समितिले निर्धारण गरेको नियमित कार्यक्रमअन्तर्गत आयोजित उक्त प्रतियोगितामा छात्रातर्फ शारदा माविका विद्यार्थी मञ्जिला तामाङ, प्रथम, गणेश माविकी छात्रा रचना वयलकोटी द्धितीय र ज्योति मावि गुण्डुका मन्दिरा खुलीमुली तृतीय भएका छन् भने छात्रतर्फ ज्योति माविका छात्र सागर खुलीमुली प्रथम, द्धितीयमा पञ्चकन्या माविका विजय दुलाल र आदर्श आजाद माविका विवेक भण्डारी तृतीय भए ।

प्रतियोगितामा विजयी विद्यार्थीलाई संयुक्त परीक्षा समितिका अध्यक्ष एवं वागीश्वरी माविका प्राचार्य कृष्णप्रसाद धन्छाले पुरस्कार वितरण गरेका थिए । उनले विद्यार्थीलाई पढाइका अलावा अभिव्यक्ति क्षमता विकासमा सहयोग गर्नका लागि कविता लेखन प्रतियोगिता गरिएको बताए । आयोजक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद छुस्याकीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा विभिन्न शिक्षकहरुले साहित्य लेखनको महत्वबारेमा चर्चा गरेका थिए ।

कविता लेखनको मूल्यांकन कवि दामोदर सुवाल, कवयित्री रुपकेशरी उलक र कवि सञ्चारकर्मी हरिसुन्दर छुकांको टोलीले गरेको थियो ।

 

प्रतिक्रिया