Edukhabar
शनिबार, १५ बैशाख २०८१
गतिविधि

तलब नपाएपछि शिक्षक चिन्तित

मंगलबार, १० असोज २०७४

काठमाडौं –महोत्तरीका शिक्षकले दशैँको समयमा पनि तलब नपाएपछि चिन्तित भएका छन् ।

यसवर्ष समयमै तलब नपाउँदा जिल्लामा कार्यरत करिब दुई हजार शिक्षकको यसवर्षको दशैँ खल्लो हुने भएको हो । उनीहरुले प्रत्येक वर्ष दशैँको बिदाअगावै तलब पाउँदै आएका थिए ।

तलब नपाएपछि शिक्षकले सोचेजस्तो पर्व मनाउन नसक्ने महोत्तरी गौशाला नगरपालिका–११ कालीपुरकी शिक्षक सुनिता कुमारीको भनाइ छ । ‘वर्षमा एकपटक आउने पर्वमा छोराछोरीको इच्छा पूरा गर्ने कुनै छाँटकाँट देखिएन ।’ उनले भनिन् ।

पैसाको अभाव भएपछि दशैंको कुनै किसिमको तयारी नगरेको गौशाला नगरपालिकास्थित वीरेन्द्र आधारभूत विद्यालय बेलगाछीका शिक्षक चन्द्रमोहन कनौजियाले बताए ।

महोत्तरीका जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालले अब विद्यालय कर्मचारीका तलब स्थानीय निकायले उपलब्ध गराउने भए तापनि आफू तलब खुवाउनका लागि प्रयासरत रहेको बताए ।

महोत्तरीलगायत २ नं प्रदेशमा हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनको परिणाम सार्वजनिक भएपनि कार्यालय पूर्णरुपमा सञ्चालनमा नआएकाले शिक्षकले तलब पाउन नसकेको जिशिअ दाहालले जनाएका छन् ।

 

प्रतिक्रिया