Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

प्राविधिक शिक्षाका लागि ६० लाख डलर ऋण

सोमबार, १६ असोज २०७४

काठमाडौं–विश्व बैंकले ६० लाख अमेरिकी डलरको ऋण स्वीकृत गरेको छ  ।

प्राविधिक शिक्षा तथा प्राविधिक तालिमका लागि व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट) को दोस्रो चरणको कार्यक्रमका उक्त रकम स्वीकृत भएको हो ।

ईभेन्ट परियाजनाको दोस्रो चरणको कार्यक्रमका लागि बैंकले सहयोग गर्ने सो रकम प्राविधिक शिक्षा र व्यावसायिक शिक्षा (टीभेट) लाई सुदृढ बनाउन खर्च गरिने भएको छ ।

नेपालका युवा र श्रम बजारबीच रहेको खाडललाई पुर्न र प्रत्येक वर्ष नेपाली श्रम बजारमा आउने युवाहरुलाई दक्ष बनाउ र विश्वले खोजेको बजारमा बिक्न सक्ने बनाउन सहयोग पुर्याउनका लागि बैंकले ऋण स्वीकृत गरेको बैंकका नेपाल प्रबन्धक प्रतिनीधि टाकुया कामताले बताए । ‘मानव पूँजीमा लगानीको माध्यमबाट कार्यशैलीको दक्षता विकास सहित विभिन्न उपाय कार्यान्वयनका लागि यो रकम महत्वपूर्ण छ ।’

सो परियोजनाअन्तर्गत तालिम प्रणालीमा सुधार, सुविधाहरूको गुणस्तरमा वृद्धि जनशक्तिलाई उपर्युक्त ठाउँमा पुर्याउन सहयोग गर्नेलगायतका कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया