Edukhabar
शनिबार, १५ बैशाख २०८१
गतिविधि

शोकमा मंगलबार विद्यालय बन्द

सोमबार, २४ पुस २०७४

काठमाडौं - आफ्ना पूर्व अध्यक्ष डा. बाबुराम पोखरेलको निधनमा शोक ब्यक्त गर्न मंगलबार एक दिन निजी विद्यालयहरु बन्द गर्ने निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सनले निर्णय गरेको छ ।

पोखरेलको आईतबार निधन भएको थियो ।  

धोविघाट, ठाडो ढुङ्गा स्थित घरमै रहँदा विहान असजिलो भएपछि अस्पताल लैजादैं गर्दा उनको निधन भएको हो  ।

पढ्नुहोस् : प्याब्सनका पूर्व अध्यक्ष पोखरेलको निधन

अमेरिकामा रहेका जेठा छोरा आएपछि मात्रै अन्तिम संस्कार गरिने भएको छ । मंगलबार अन्तेष्टि गर्नु अघि उनको शवलाई उनले नै स्थापना गरेको विद्यालय भिएस निकेतनमा राखेर श्रद्धाञ्जली ब्यक्त गर्ने प्याब्सनले तयारी गरेको छ ।

पोखरेलको  निधनका कारण आफ्ना केही नियमित कार्यक्रम स्थगित गरेको पनि प्याब्सनले जनाएको छ ।

पोखरेल लामो समय देखि स्वास  प्रश्वास सम्बन्धि रोगबाट पिडित थिए । केही समय अघि सिंगापुरबाट उपचार गराएर फर्केका उनलाई मुटुको समेत समस्या थियो ।

विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबाट समानुपातिक सांसद रहेका पोखरेलका २ छोरा र श्रीमती छन् ।

प्रतिक्रिया