Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

कक्षा ११ ग्रेड वृद्धिको नतिजा सार्वजनिक, ९ हजार धेरैको ग्रेड वृद्धि भएन

शनिबार, १२ फागुन २०७४

भक्तपुर - कक्षा ११ ग्रेड वृद्धिको नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार परीक्षामा सहभागी भएका ३९ हजार ९ सय ९० मध्ये ९ हजार २ सय ३५ विद्यार्थीको ग्रेड वृद्धि हुन नसकेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बाँकी ३० हजार ७ सय ५५ विद्यार्थीको ग्रेड वृद्धि भएको छ ।

जस अनुसार १२ जना विद्यार्थीको ए प्लस, एमा १ सय ८२, वी प्लसमा एक हजार ८५, वीमा ४ हजार ६ सय ९४ र १० हजार ४६ विद्यार्थीले सी प्लस ल्याएका छन् । यस्तै सी ल्याउने विद्यार्थीका लागि १४ ७ सय ३६, डी प्लस ५ हजार ५ सय ६५, डीमा २ हजार ५ सय ४ र १ हजार १ सय ६६ विद्यार्थीले ई ग्रेड हासिल गरेका छन् ।

ग्रेड वृद्धि नभएका अर्थात् डी प्लस भन्दा तलको ग्रेड आएका विद्यार्थीलाई अहिले कक्षा ११ का नियमित विद्यार्थीसँगै परीक्षा दिन पाउने ब्यवस्था गरिएको नियन्त्रक डम्बर बतासले जानकारी दिए । यसका लागि फागुन २० गते सम्म फारम भर्न उनीहरुलाई छुट दिईएको छ । नियमित विद्यार्थीलाई फारम भर्ने म्याद फागुन सात गते नै सकिए पनि नतिजा सार्वजनिक गर्न शनिबार बसेको परीक्षा समितिको बैठकले उनीहरुका लागि विशेष ब्यवस्था गरेको हो ।

नतिजामा कुनै एक विषयमा डी प्लस वा सो भन्दा तलको ग्रेड आएका विद्यार्थीले ग्रेड बद्धि परीक्षामा सहभागी हुन पाउँथे । जस अनुसार कक्षा ११ ग्रेड वृद्धि परीक्षामा सहभागी हुन ५१ हजार ७ सय ९४ विद्यार्थी योग्य थिए । तर योग्य मध्ये जम्मा ४४ हजार १ सय ६० ले मात्रै परीक्षामा सहभागी हुन फारम भरेका थिए । गत माघ २७ गते भएको परीक्षामा त्यो संख्या पनि घटेर ३९ हजार ९ सय ९० विद्यार्थी मात्रै परीक्षामा सहभागी भएका थिए ।

परीक्षा भएको सात महिना पछि बोर्डले गत पुस २९ गते कक्षा ११ को नतिजा ग्रेडिङ्मा सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया