Edukhabar
शनिबार, १५ बैशाख २०८१
गतिविधि

घर र विज्ञानबारे विद्यार्थीले सुनाए कविता

विहीबार, २६ फागुन २०७३

भक्तपुर– युनाइटेड स्कुल फर एजुकेशनल डेभलप्मेन्ट अर्गनाइजेशन(युज्डो) ले बाल कविता प्रतियोगिता गरेको छ ।
भक्तपुरका संस्थागत विद्यालयहरुको एक क्लष्टर युज्डोले विद्यार्थीको क्षमता र अभिव्यक्ति कलालाई प्रस्फुटन गर्न विद्यालयस्तरीय कविता प्रतियोगिता गरेको हो । जुनियर र सिनियर तहमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी गरिएको उक्त प्रतियोगितामा जुनियरतर्फ बिमल मेमोरियल विद्यापीठका शेखर रम्तेल, इमेज स्कुलका लोकेश रञ्जित र अक्सफोर्ड स्कुलकी सुष्मा तामाङ क्रमशः प्रथम, द्धितीय र तृतीय भएका थिए । भने सिनियरतर्फ साइनिङ स्कुलका रोशन फोँजु प्रथम, इमेज स्कुलका एलिना गोसाइँ द्धितीय र विमल मेमोरियल स्कुलका सुस्मिता थापा तृतीय भएका थिए ।
जुनियरतर्फका विद्यार्थीले ‘घर’ र सिनियरतर्फका विद्यार्थीले ‘विज्ञान’ विषयमा कविता लेखेपछि वाचन गरेका थिए ।
प्रतियोगितामा विजयी विद्यार्थीलाई साइनिङ स्कुल विव्यसका अध्यक्ष सूर्यबहादुर फोँजुले पुरस्कार वितरण गरेका थिए । चाँगुनपाको पिखेलस्थित साइनिङ स्कुलमा भएको सो प्रतियोगितामा विद्यालयका संस्थापक बिक्रम ढुकुछु, प्रिन्सिपल श्रीकृष्ण त्यातले पनि बोलेका थिए ।

 

 

प्रतिक्रिया