Edukhabar
शनिबार, १५ बैशाख २०८१
गतिविधि

प्राध्यापक समाजको आवश्यकताबारे चर्चा, दाहाल नेतृत्वमा नयाँ कार्यसमिति

आइतबार, ०६ चैत्र २०७३

भक्तपुर– वागीश्वरी कलेज इन्चार्ज ग्याहेन्द्र प्रसाद दाहालको अध्यक्षतामा प्राध्यापक समाज वागीश्वरी कलेज इकाई समितिको नयाँ कार्यसमिति गठन भएको छ ।समितिको भेलाबाट सचिवमा राजन चौगुठी, कोषाध्यक्षमा सुशिला कर्माचार्य, सदस्यहरुमा भानुभक्त हुमागाई, सुन्दर राजचल, मुरज दिदीया, शिवबहादुर खुलीमुली, जगनाथ खतिवडा, बद्री उप्रेती, नवीन प्रजापति, रविन्द्र किवानायो, सूर्य भण्डारी, इन्द्रबहादुर फोंजू र एक महिला मनोनित गर्ने गरी विधान बमोजिम पन्ध्र सदस्यीय प्राध्यापक समाज, वागीश्वरी कलेज इकाई समिति गठन भएको हो ।
 समाज गठनका लागि भएको भेलामा  वागीश्वरी कलेज व्यवस्थापन समितिका सदस्य सुशिला कर्माचार्यले देशको सामाजिक, साँस्कृतिक, आर्थिक तथा राजनीतिक रुपमा समाज परिवर्तनका लागि प्राध्यापक समाजको आवश्यकता भएको स्पष्ट पारिन् । त्यस्तै कलेजका प्राचार्य धनकुमार श्रेष्ठले हरेक प्राध्यापकको व्यक्तिगत कुरालाई संस्थागत रुपमा लानसके मात्र त्यसको महत्व हुने भएकोले प्राध्यापक समाजको आवश्यकता चर्चा गरे ।
वागीश्वरी मा.वि.का प्राचार्य कृष्णप्रसाद धन्छाले देशले निकास नपाएको समयमा प्राध्यापक तथा बुद्धिजिवीहरुले निकास दिने औल्याएका थिए भने नेपाल प्राध्यापक समाज, वागीश्वरी कलेजका पूर्वअध्यक्ष तथा कार्यक्रमका सभापति ज्ञानसागर प्रजापतिले संगठित शक्ति भएमा समाज र देशका लागि निर्णायक सावित बन्ने भएकाले प्राध्यापक समाजको आवश्कता भएको बताए ।

 

प्रतिक्रिया