Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

चिकित्सा शिक्षाको वेथिती अन्त्यको माग सहित डा. केसी फेरी अनसनमा

सोमबार, ०७ भदौ २०७२

काठमाडौं ७ भदौ / चिकित्सा शिक्षाको वेथिती अन्त्यको माग गर्दै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक डा. गोविन्द केसीले सोमवारदेखि फेरि अनसन थालेका छन् । पत्रकार सम्मेलनको आयोजना गर्दै केसीले ८ बुँदे माग सहित आमरण अनसन थालेका हुन् ।

सरकारले पटक(पटक धोका दिएकोले यसपटक आफूले माग पूरा नभएसम्म अनसन नतोड्ने उनको भनाई छ । यस अघि पटक पटक सरकारको आग्रहमा अनसनको मिति सार्दै आएका केसीको यो छैठौं अनसन हो ।

चिकित्सा शिक्षालाई ब्यवस्थित गर्न सरकारले त्रिविका पूर्व उपकुलपति केदारभक्त माथेमाको संयोजकत्वमा गठन गरेको समितिको प्रतिबेदन कार्यान्वयन गर्नु पर्ने उनको मुख्य माग छ ।

यो पनि पढ्नुहोस् : माथेमा प्रतिबेदन सार्वजनिक, कार्ययोजना तयार गर्न ३० दिन

अनसनले अस्पतालको सेवामा कुनै प्रभाव नपर्ने उनले बताए । दलीय भागबण्डामा नभई कार्यक्षमताको आधारमा नियुक्ति गर्नुपर्ने, तत्काल उच्च स्तरीय आयोग गठन गरेर प्रक्रिया अघि बढाउनुपर्ने, विगतका स्वास्थ्य शिक्षा सम्बन्धी सहमति कार्यान्वयन गर्नुपर्ने, स्वास्थ्य शिक्षामा बढ्दो भ्रष्टाचार अन्त्य गर्नुपर्ने लगायत उनको माग छ । 

तस्विर : ईन्टरनेट

प्रतिक्रिया