Edukhabar
शनिबार, १५ बैशाख २०८१
गतिविधि

भूकम्प पीडितका लागि सिटिईभिटीका कर्मचारीद्धारा ४२ लाख सहयोग

सोमबार, ०४ जेठ २०७२

काठमाडौं ४ जेठ / प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटिईभिटीका कर्मचारीले भूकम्प पीडितको सहायतार्थ ४२ लाख २ हजार ३ सय ३४ रुपैंया सहयोग गरेका छन् । सिटिईभिटीका कर्मचारीहरुबाट संकलित ४० लाख २ हजार ३ सय ३४ रुपैंया प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा र २ लाख रुपैंया जुम्ला जिल्ला दैवी प्रकोप समितिमा बुझाईएको सदस्य सचिव डा. रामहरी लामिछानेले बताए । सिटिईभिटीमा करिव ८ सय कर्मचारी छन् ।

कर्मचारी मार्फत केन्द्रमा उठेको रकम प्रधानमन्त्री कोषमा र जुम्ला प्राविधिक शिक्षालयमार्फत उठेको रकम सोहि जिल्लामा बुझाईएको उनले बताए ।

विशिष्ठ श्रेणीका कर्मचारीको १५ दिन बराबरको, प्रथम र द्धितीय श्रेणीका कर्मचारीबाट १० दिन बरावर र अन्य बाट ५ दिन बराबरको तलव संकलन गरी बुझाईएको हो ।

प्रतिक्रिया