Edukhabar
मंगलबार, ११ बैशाख २०८१
गतिविधि

बाढी पिडीत बालबालिकालाई छात्रबृत्ति

शनिबार, २१ चैत्र २०७१

सिन्धुपाल्चोक २१ चैत / गत साउनमा जुरेमा आएको बाढि पहिरोबाट पिडीत ५ जना बालबालिकालाई जनही १० हजार रुपैंयाका दरले छात्रबृत्ति प्रदान गरिएको छ ।  स्वास्थ्य, वातावरण तथा युवा समाज नेपाल (हे–नेपाल) को पहलमा अमेरिकामा बसोबास गदैँ आएका नेपालीहरुबाट संकलन भएको रकम छात्रबृत्ति स्वरुप प्रदान गरिएको हो ।

छात्रवृति रकम वितरण कार्यक्रममा वनसाँघु माध्यामिक विद्यालयका प्रधानाध्यापक बलराम तिमिल्सिनाले छात्रवृतिबाट छात्रछात्रालाई थप अध्ययनमा सहयोग पुग्ने बताए । २०७१ साल  साउन १७ गते आएको बाढि पहिरोबाट विद्यालय भवन बगाएपछि हाल विद्यालय भाडामा सञ्चालन भैरहेको छ । त्यसैले विद्यालयको भवन तथा पूर्वाधारमा थप सहयोग आवश्यक रहेको उनले बताए ।

विभिन्न जिल्लामा गएको पहिरो र अविरल वर्षा तथा बाढीले पुर्याएको क्षतिलाइ मध्यनजर गर्दै बाढी पिडीत बालबालिकाको पठन पाठनमा सहयोग गर्ने हेतुले अमेरिकाको विभिन्न राज्यमा बस्दै आएका नेपालीहरुबाट सहयोग संकलन गरिएको हे–नेपालका अध्यक्ष सुदीप खनालले बताए ।

टेक्सास राज्यमा रहेका उदय उप्रेती, ओक्लाहोमा राज्यमा रहेका द्रोणराज पाण्डेय,  पेन्सल भेनिया राज्यमा रहेका डा। मदन बडाल र ओहायो राज्यमा रहेका दिपेन्द्र थपलियाको संयोजकत्वमा अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरुबाट रकम संकलन गरिएको उनले बताए ।

प्रतिक्रिया