Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

रेडियण्टद्धारा स्वास्थ्य शिविर

मंगलबार, १७ चैत्र २०७१

ललितपुर १७ चैत / रेडियण्ट रिडर्स एकेडेमी सानेपाले गरेको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा एक हजार २ सय भन्दा धेरैले आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् । नाक/कान/घाँटी, नसा, मुटु, हाडजोर्नी, सामान्य चिकित्सा दाँत, स्त्री, पेट, बाल बच्चा, छाला लगायत १२ क्षेत्रका चिकित्सकहरु द्धारा स्वास्थ्य परीक्षण गरिएको हो ।

कार्यक्रममा विद्यार्थी, अभिभावक सहित टोलबासीले सहभागिता जनाएका थिए ।

‘स्वास्थ्य नै जीवनको ठूलो धन’ भन्ने नाराका साथ गरिएको कार्यक्रम रेडियण्ट रिडर्स एकेडेमी, रेडियण्ट बचत तथा ऋण सहकारी संस्था तथा लायन्स क्लब अफ काठमाडौँ क्यापिटल सिटीको संयुक्त आयोजनामा भएको हो ।

सोमबार भएको शिविरमा उपलब्ध चिकित्सक लगायतको सहयोग मेघा अस्पतालले गरेको थियो । 

प्रतिक्रिया