Edukhabar
शनिबार, ०८ बैशाख २०८१
गतिविधि

तेजाव आक्रमण गर्नेलाई कारवाहिको माग

सोमबार, ११ फागुन २०७१

काठमाडौं ११ फागुन / आईतबार बसन्तपुरमा दुई किशोरीमाथि भएको तेजाव आक्रमणको विरोधमा चन्द निकट अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ । क्रान्तिकारीले विभिन्न विद्यालयका विद्यार्थीलाई सहभागि बनाएर ¥याली निकालेको हो ।

हमलामा संलग्न अपराधिलाई गिरफ्तार गरी यथाशिघ्र कारवाहि गर्न संगठनले माग गरेको छ ।  साथै घाइते छात्राहरुको उपचार  खर्चको व्यवस्था मिलाउन पनि उसले माग गरेको छ ।

वसन्तपुर स्थित् कान्ति ईश्वरी स्कुलमा अध्ययनरत छात्रा सीमा बस्नेत र शान्तिकुञ्च स्कूलमा  अध्ययनरत संगिता मगर माथि वसन्तपुर स्थित एक ट्युसन सेन्टरमा पढिरहेका बेला तेजाव आक्रमण भएको थियो ।

घटनाको विरोध तथा अपराधिलाई पक्राउ गर्न माग गर्दै संगठनले मंगलबार  जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने प्रचार विभाग संयोजक सन्तोष कोइरालाले बताए ।

तेजाव लागेर संगिताको छाती, पेट र खुट्टा पोलेको छ भने सिमाको अनुशार पूरै जलेको छ । सीमाको वीर र संगीताको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया