Edukhabar
शनिबार, ०८ बैशाख २०८१
गतिविधि

गुरागाईंलाई योजना, नेपाललाई शैक्षिक व्यवस्थापन

शुक्रबार, २३ माघ २०७१

भक्तपुर २३ माघ / शिक्षा विभागको योजना तथा अनुगमन महाशाखा प्रमुखको जिम्मेवारी देवकुमारी गुरागाईँलाई दिईएको छ भने शैक्षिक व्यवस्थापन महाशाखाको जिम्मेवारी खगेन्द्र नेपाललाई दिईएको छ ।

माघ ११ गते सरुवा भएका विभिन्न निकायका ६ सहसचिव मध्ये महानिर्देशक डिल्ली रिमाल सहित गुरागाईं र नेपालको सरुवा विभागमा भएको थियो । गुरागाईं यस अघि शैक्षिक जनशक्ति विकास केन्द्रमा निर्देशक थिईन् भने नेपाल शिक्षक सेवा आयोगका कार्यकारी अधिकृत थिए । सरुवाको खबरका लागि यो पढ्नुहोस् शिक्षा योजनाको जिम्मेवारी अवस्थीलाई

यस अघि योजनामा रहेका कमल पोखे्रल अध्ययनका लागि अमेरिका गएपछि गएको भदौ देखि महाशाखा नेतृत्व विहिन थियो । कार्यक्रम तथा बजेट, शैक्षिक अनुसन्धान तथा विकास, सञ्चार समन्वय, अनुगमन तथा ब्यवस्थापन, संघ संस्था तथा स्वयंसेवक व्यवस्थापन, निरीक्षण तथा मुल्याँकन, शैक्षिक प्रविधि प्रवर्धन र शैक्षिक नक्शाँकन गरी नौ वटा शाखाका काम कारवाहि यो महाशाखाको कार्यक्षेत्र हो ।

‘देशभर रहेका शिक्षकसंग प्रत्यक्ष जोडिने तलबको कुरा यो महाशाखाको मुख्य क्षेत्र भएकाले मेरो पहिलो प्राथमिकता यहि हुने छ ।’ एडुखबरसँग कुरा गर्दै गुरागाईंले भनिन् । यस अघि शैक्षिक जनशक्ति विकास केन्द्रमा निर्देशक रहेकी उनी ०६६ चैत ९ मा सहसचिव भएकी हुन् ।

शैक्षिक व्यवस्थापन महाशाखाको जिम्मेवारी पाएका नेपालले आफ्नो पहिलो प्राथमिकता जिल्लालाई केन्द्रसँग सहजिकरण गर्ने हुने बताए । ‘सरकारको नीति नियम कार्यान्वयन ईमान्दारिताका साथ पुरा गर्ने नै मेरो मुख्य काम हुने छ’ उनले भने ।

यो महाशाखामा प्रारम्भिक बालबिाकस, सामुदायिक विद्यालय ब्यवस्थापन, विद्यालय कर्मचारी तथा श्रोत केन्द्र ब्यवस्थापन, संस्थागत विद्यालय ब्यवस्थापन, विद्यालय शिक्षक ब्यवस्थापन, लैङ्कि समविकास, वैकल्पिक शिक्षा, शैक्षिक गुणस्तर प्रवर्धन, अनिवार्य शिक्षा तथा बा अधिकार, प्राविधिक तथा ब्यवसायिक शिक्षा, सहकार्यकलाप तथा समसामयिक शिक्षा गरी १२ वटा शाखा छन् ।

यी सबै शाखाका कामका संयोजन गरी प्रभावकारी नतिजा निकाल्नु आफ्नो ध्येय हुने उनले बताए । नेपाल २०५३ सालमा विद्यालय निरिक्षकबाट सेवा प्रबेश गरेका हुन् भने २०६८ फागुन २९ गते सह सचिव भएका हुन् । 

यो पनि पढ्नुहोस् शिक्षा विभागमा नयाँ महानिर्देशक

प्रतिक्रिया