Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
गतिविधि

काठमाडौंमा पुस्तक मेला हुने

मंगलबार, १३ माघ २०७१

काठमाडौं १३ माघ / आउँदो १५ गते देखि राष्ट्रिय पुस्तक मेला हुने भएको छ । नेपाल राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक संघले गर्न लागेको मेला नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने छ । पुस्तक प्रकाशनको क्षेत्रमा राष्ट्रलाई आत्मनिर्भर बनाउने र नेपालमा पठन संस्कृतिको प्रवर्धन गर्ने उद्धेश्यले मेला गर्न लागेको आयोजकले जनाएको छ ।

मंगलबार काठमाण्डुमा पत्रकार सम्मेलन गरेर आयोजकले मेलाका अन्य कार्यक्रमबारे जानकारी गराएको छ । जस अनुसार पुस्तक विमोचन, लेखकसंगको साक्षत्कार, लेखक पाठक अन्र्तकृया, वालवालिकाका लागि सृजनात्मक लेखन कार्यशाला, चित्रलेखन कार्यशाला, हास्य ब्यङ्य प्रहशन लगायत हुने छन् ।

मेला ७५ हजार जनाले अवलोकन गर्ने आशा लिएको संघका अध्यक्ष बसन्त थापाले बताए ।

प्रतिक्रिया