Edukhabar
बुधबार, १२ बैशाख २०८१
गतिविधि

नेपाली विद्यार्थीद्धारा जर्मनीको शैक्षिक अवस्था अध्ययन

विहीबार, ०१ माघ २०७१

काठमाडौँ १ माघ / जर्मनीले शैक्षिक क्षेत्रमा गरेको सफलता तथा त्यहाँको कला र संस्कृतिका बारेमा नेपाली विद्यार्थीले अध्ययन गरेर फर्केका छन् ।

जर्मनीको सिटि काउन्सील अफ हेजवर्ग, इन्टर कल्चर सेन्टर अफ हेजवर्ग र जर्मन इस्पेरान्तो युथको निमन्त्रणमा बसुन्धरास्थित साउथबेस्टन स्टेट कलेजका विद्यार्थी शैक्षिक एवं साँस्कृतिक आदान प्रदानका लागि जर्मनी पुगेका थिए । जर्मनीमा रहँदा विद्यार्थीले त्यहाँका विभिन्न विश्वविद्यालयको भ्रमण गरेर शैक्षिक अवस्थाका बारेमा अध्ययन गरेका भाइस प्रिसिन्पल हरिसिंह केसीले बताए । भ्रमणका बेला उनीहरुले संसद सहित जर्मनीका ऐतिहासिक क्षेत्रको समेत भ्रमण गरेका थिए ।

भ्रमणका बेला नेपाली विद्यार्थीले नेपालको कला संस्कृति प्रदर्शन गरेका थिए । विद्यार्थीले विभिन्न प्रकारका नृत्य तथा कला संस्कृति प्रदर्शन गर्ने क्रममा नेपाली राष्ट्रिय गान सहित नेवारी नृत्य, ऐतिहासिक तामाङ सेलो, गुरूङ नृत्य, तवला वाद्य बादन र नेपाली राष्ट्रिय गान प्रस्तुत गरेका थिए । जर्मनी कला र संस्कृतिका साथै शिक्षामा पनि निकै सम्वृद्ध र धनी मानिन्छ ।

नेपाली टोलीलाई स्वागत गर्दै हेजवर्ग सिटीका मेयर लुज पिटर्सले यस्ता खाले सास्स्कृतिक आदानप्रदान बाट आफूहरूले नेपाली कला, संस्कृति तथा परम्परा बारे जान्ने अवसर पाएको उल्लेख गर्दै आगामी दिनमा यस खाले कार्यक्रमलाई निरन्तरता दिने बताए ।

त्यस अवसरमा नेपाली विद्यार्थीलाई गैरनेपाली आवासीय संघका महासचिव कुमार पन्तले स्वागत गरेका थिए ।

केसीको नेतृत्वमा स्नातक र दश जोड दुई तहमा अध्ययन गर्ने ३४ विद्यार्थी सहित शिक्षकहरु एलिना कोइराला र दण्डपाणी ढुङ्गाना टोलिमा थिए । गत डिसेम्बर २८ मा जर्मनी गएको टोलि जनवरी ९ मा फेर्केको हो ।

प्रतिक्रिया