Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

शिक्षाबाट वञ्चित बालबालिकालाई अभिभावकत्व ग्रहण गरिदिन सरकारको अपील

शुक्रबार, २३ चैत्र २०७४

काठमाडौं - शिक्षाबाट कोही पनि बालबालिका बञ्चित हुन नपरोस् भनेर सरकारले त्यस्ता बालबालिकालाई अभिभावकत्व ग्रहण गरिदिन सार्वजनिक अपील गरेको छ । विद्यार्थी भर्ना तथा निशुल्क पाठ्यपुस्तक वितरण सम्बन्धि विशिष्ठ ब्यक्तिहरुसँगको अन्र्तकृया कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यस्तो अपील गरेका हुन् ।

सरकारले हरेक बर्ष नयाँ शैक्षिक सत्रलाई भर्ना अभियानका रुपमा मनाउँदै आए पनि अझै ५ देखि ९ बर्ष उमेर समूहका अर्थात् प्राथमिक तहमा अध्ययन गर्नु पर्ने बालबालिकाहरु मध्ये २ दशमलव ८ प्रतिशत बालबालिकाहरू विद्यालय बाहिरै छन् । यस्तै कक्षा १ देखि ८ सम्म अर्थात् आधारभूत तहका कूल बालबालिका मध्ये ७ दशमलब ७ प्रतिशत बालबालिकाहरू विद्यालय बाहिर रहेको सरकारी तथ्याँक छ ।

विद्यालय बाहिर रहेका ती बालबालिकालाई विद्यालय भित्र ल्याउनका लागि हरेक एक जनाले एक बालबालिकालाई पठन पाठनको ब्यवस्थामा सहयोग गर्न मन्त्री पोखरेलले आग्रह गरे ।

'एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सकाइमा स्थायीत्व भने नारामा साथ सबैले विपन्न, गरीब, सीमान्तकृत, लोपोन्मुख वा अन्य पिछडिएका वर्गका शिक्षाबाट बञ्चित एक जना बालक वा बालिकालाई आफैंले न्यूनतम स्टेसनरी सामान र पोशाकको ब्यवस्था सहित भर्ना गर्नुहुन र निरन्तर अभिभावकत्व ग्रहण गरिदिन हुन आग्रह गर्दछु' मन्त्रीले अपीलमा भनेका छन् ।

त्यस्ता बालबालिकाहरूलाई विद्यालयमा सहज पहुँचको सुनिश्चितताका लागि विद्यार्थीे भर्ना तथा पाठ्यपुस्तक वितरण कार्यक्रममा सहयोग पु¥याउन उनले आग्रह गरेका छन् । भर्ना अभियान सँगै शैक्षिक सत्रको शुरुमै हरेक विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक पुर्याउन मन्त्रालय गम्भिर रहेको र सो अनुसार कार्य अघि बढेको पनि उनले बताए ।

मन्त्रालयमा आयोजित कार्यक्रममा उपस्थित रङ्गकर्मी, कलाकर्मी र समाजमा विशिष्ठ पहिचान बनाएका ब्यक्तिहरु सहित शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सरकारी एवम् गैर सरकारी सङ्घसंस्थाका प्रतिनिधिले सरकारको उक्त अभियानमा साथ रहने प्रतिवद्धता जनाएका छन् । तर, भर्ना मात्रै सबै कुरा नभएर विद्यार्थीलाई टिकाई राख्ने कार्यक्रम सञ्चालन गर्न उनीहरुले सुझाव दिएका छन् । विद्यालयमै नभित्रनु एउटा समस्या भए पनि विहान बेलुकाको छाककै समस्यामा रहेको परिवारका बालबालिका विद्यालयमा नटिकेकोले त्यस तर्फ सरकारले ध्यान दिन उनीहरुको सुझाव छ ।

हरिवंश आचार्य, मिथिला शर्मा, सुनिल पोखरेल, निशा शर्मा, राजाराम पौडेल, बद्री पंगेनी लगायतका कलाकारले सरकारको यो अभियानमा साथै रहेको बताउँदै समाजमा जनचेतना फैलाउन सकृय रहने प्रतिवद्धता जनाए । कार्यक्रममा स्वामी आनन्द अरुण, गायिका आनी छोइङ् डोल्मा सहित विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरुले पनि विद्यालयमा बालबालिकालाई टिकाईराख्ने उपाय खोज्न सरकारलाई आग्रह गरे ।
हरेक बालबालिकाहरूको पढ्न पाउने हकको सुनिश्चितताका लागि नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने गरी मौलिक हकको रूपमा स्थापित गरेको छ ।

उक्त ब्यवस्थाका कार्यान्वयनका लागि अधिकारमा आधारित अनिवार्य शिक्षा सम्बन्धि ऐन एक बर्ष भित्र तयार गर्ने मन्त्री पोखरेलले प्रतिवद्धता जनाए ।

'कानूनी रुपमा ब्यवस्था नभईञ्जेल सम्म यो अभियानमा यहाँहरुको साथ खोजेको हो' उनले भने, 'यो अभियान अन्र्तगत प्रधानमन्त्रीले बैशाख ५ गते कर्णालीमा गएर आफैंले अभिभावकत्व ग्रहण गरी भर्ना गर्नु हुने छ ।'

विद्यालय जाने बालबालिका कोही पनि नछुटुन् भनेर सरकारले २०६१ साल देखि भर्ना अभियान शुरु गरेको हो । त्यतिखेर ८० प्रतिशत बालबालिका मात्रै विद्यालयको पहुँचमा थिए । 

कार्यक्रममा शिक्षा सचिव मधुप्रसाद रेग्मीले भोलीको समृद्ध नेपाल निर्माणका लागि विद्यालय बाहिर रहेका हरेक बालबालिकालाई विद्यालय भित्र ल्याउन समाजको सबै पक्षबाट सकृय र रचनात्मक भूमिकाको अपेक्षा गरेको बताए । कार्यक्रममा शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले विद्यालयका विद्याथीृको पहुँच र अवस्थाका बारेमा प्रकाश पारेका थिए । 

प्रतिक्रिया