Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

बार्षिकोत्सवको उपलक्ष्यमा धुर्मुस-सुन्तलीलाई सहयोग

सोमबार, १७ बैशाख २०७५

काठमाडौं - कंगारु एजुकेशन फाउण्डेशनले आफ्नो ११ औं बार्षिकोत्सवको उपलक्ष्यमा धुर्मुस - सुन्तली फाउण्डेशनलाई एक लाख रुपैंया सहयोग गरेको छ ।

उक्त सहयोग अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि हस्तान्तरण गरिएको हो ।

सहयोग रकम बुझ्दै कलाकार सिताराम कट्टेल धुर्मुसले राष्ट्र निर्माणको अभियानका जुटिरहेका सहयोगी हातहरुलाई धन्यवाद ब्यक्त गर्दै यो सहयोगले गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि थप हौसला दिएको बताए ।

'धेरै तिरबाट सहयोग मिलिरहेको छ, यो अभियानलाई देश विदेशमा रहेका सबै नेपालीले आफ्नै अभियान ठानिरहेका छन्' एडुखबरसँग कट्टेलले भने, 'बुद्धको नाममा क्रिकेट रंगशाला निर्माण गर्ने अभियानमा हामी छौं, आज बुद्ध जयन्तीकै दिन प्राप्त यो सहयोग हाम्रा लागि अझै महत्वपूर्ण छ ।'

क्रिकेट रंगशाला निर्माणका लागि जग्गा छनौट सहित अन्य आवश्यक प्राविधिक काम जारी रहेकाले आगामी साता भित्र जग्गा प्राप्तिको प्रकृया सकिने अपेक्षा गरेको उनले बताए ।

राष्ट्र निर्माणमा हरेक नेपालीले केही न केही योगदान दिनु पर्छ भन्ने ठानेरै आफूहरु अघि बढिरहेको बताउँदै उनले अहिले सम्म निर्माण भएका ४ वटा नमूना बस्ति यसकै उदाहरण भएको बताए ।  

ब्यवसायिक प्रतिष्ठान हुँदा हुँदै पनि सामाजिक उत्तरदायित्व महशुस गरेर संस्थाले उक्त सहयोग उपलब्ध गराएको कंगारु फाउण्डेशनका संस्थापक महेशबाबु तिमिल्सिनाले बताए ।

'दान दातब्य सार्वजनिक नगर्नु त भन्छन्, तर हामीले हामी आवद्ध संस्थाका देश विदेशमा रहेका शाखाहरुले पनि यो अभियानका सघाउन सक्छन् भन्ने ठानेर सार्वजनिक गरेका हौं' उनले भने 'कन्सल्टेन्सिहरुको छाता संगठन ईक्यानका सदस्य संस्थाहरुलाई पनि यस्ता सामाजिक कार्यमा सघाउन हामी उत्प्रेरित गर्न सक्छौं ।'

हालै सम्पन्न नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को महाधिवेशनबाट तिमिल्सिना उपाध्यक्षमा निर्वाचित भएका छन् ।

विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श दिदैं आएको फाउण्डेशनका नेपालका विभिन्न सात ठाउँ सहित अष्ट्रेलिया र बंगलादेशमा पनि शाखा कार्यालय छन् ।

यस अघि सोमबार विहान फाउण्डेशनका कर्मचारी सहित विद्यार्थीले पुतली सडक बागबजार क्षेत्रमा सरसफाई गरेका थिए । 

प्रतिक्रिया