Edukhabar
मंगलबार, ०४ बैशाख २०८१
गतिविधि

हाजिरी जवाफमा बंगलादेशको कलेज पहिलो, नेपाल द्धितीय उपविजेता

मंगलबार, ०१ जेठ २०७५

काठमाडौं  - नोबेल क्वीज मेनिया ६ को ग्रान्ड फिनालेको शीर्ष उपाधि बंगलादेशको नोट्रे ड्याम कलेजले जितेको छ । गत आईतबार भएको फाईनल प्रतियोगितामा  प्रथम उपविजेता भारतको बिरला विद्या निकेतन र द्धितीय उपविजेता नेपालको सीसीआरसी कलेज भएका छन् ।

प्रतियोगितामा पहिलो हुनेले पाँच लाख, प्रथम उपविजेताले तीन लाख र द्धितीय उपविजेताले एक लाख पचास हजार रुपैंया प्राप्त गरेका छन् ।

उक्त प्रतियोगिता एसियाली स्तरको रहेको आयोजक एक्रेटिभ मिडियाको दावी छ । क्वीज मेनियाको सातौं संस्करणको तयारी भइरहेको र नयाँ संस्करणले अझ बढी देशहरुलाई समेट्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया