Edukhabar
शनिबार, ०८ बैशाख २०८१
गतिविधि

प्राविधिक शिक्षकहरु संगठित, प्रदेश २ मा समिति विस्तार तिव्र

मंगलबार, ०८ जेठ २०७५

धनुषा - माध्यमिक विद्यालयहरुमा सञ्चालित प्राविधिक धारको पठन पाठन गर्दै आएका शिक्षकहरुको भेलाले जिल्ला कार्य समिति गठन गरेको छ । आफ्ना हक अधिकार सुनिश्चित गर्न तथा पेशागत ज्ञान आदन प्रदान गर्ने उद्धेश्यले विदेह नगरपालिका – ६ स्थित श्री जनता नमूना माविका शिक्षक डा. पवन कुमार झाको अध्यक्षतामा १० सदस्यीय प्राविधिक शिक्षक एशोसिएसन जिल्ला समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा राम नविका यादव, सचिवमा सौरभ कुमार सिंह, सह सचिवमा ई.भरत साह र कोषाध्यक्षमा सञ्जय कुमार चयन भएका छन् ।

यस्तै सदस्यहरुमा शशि कुमार सिंह, राम शंकर यादव, ईन्द्रजित यादव, सञ्जय कमुार मिश्र, राम रतन साह र सल्लाहकारमा डा. दिपेन्द्र पंडित चयन भएका छन् ।

२०७० सालबाट माध्यमिक विद्यालयमा प्राविधिक धारको पठन पाठन शुरु गरिएको हो । अहिले देशभरी २ सय ८९ विद्यालयमा प्राविधिक धारको पठन पाठन हुँदैं आएको छ । प्रदेश २ का आठ जिल्लाका ५४ विद्यालयमा प्राविधिक धारको पठन पाठन हुँदै आएको छ । धनुषामा मात्रै ८ वटा विद्यालयमा प्राविधिक विषय पढाइ हुन्छ ।

विज्ञान अन्र्तगत पशु र वाली तथा ईञ्जिनीयरिङ् अन्र्तगत कम्प्युुटर, सिभिल र ईलेक्ट्रिकल गरी शुरुमा ५ विषयमा पढार्ई हुँदै आएकोमा गत बर्षबाट संगीत विषय पनि थपिएर ६ विषयमा पठन पाठन हुँदै आएको छ । यसका लागि देशभर करिव १२ सय हाराहारीमा अस्थायी रुपमा शिक्षक नियुक्त गरिएका छन् ।

यस्ता शिक्षकहरुलाई कतै प्राविधिक भत्ता भनेर ३ हजार रुपैंया थप गर्ने त कतै नदिने गर्दा विभेद भएको भन्दै प्रदेश नम्बर २ का अध्यक्ष डा. सुमन कुमार सिंहले आपत्ति जनाए । सबै प्रति समान ब्यवहार हुनु पर्ने भन्दै प्रदेशका सबै जिल्लामा संगठन विस्तारको काम अघि बढाएको उनले बताए । आठ मध्ये धनुषा सहित पर्सा, रौतहट र महोत्तरीमा संगठन विस्तार गरेको उनले बताए । बाँकी जिल्लामा तत्कालै समिति बनाउने गरी काम जारी रहेको उनको भनाई छ ।  

महेश पौडेलको अध्यक्षतामा एशोसिएसनको केन्द्रिय समिति गठन गरिएको छ । 

प्रतिक्रिया