Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विदेशमा शिक्षा

सीएई परीक्षामा सहभागि विद्यार्थीलाई प्रमाणपत्र प्रदान

सोमबार, २१ पुस २०७१

काठमाडौं २१ पुस / सर्टिफिकेट ईन एड्भान्स ईङ्ग्लिस (CAE) परीक्षामा सहभागि विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको छ । सन् २०१४ को डिसेम्बरमा जाँच दिएका ६० जना विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको हो । अँग्रेजी भाषाको यो परीक्षाको सबै तयारी क्याम्ब्रिज यूनिभर्सिटीले गर्दै आएको छ । नेपालमा यो परीक्षाको ब्यवस्थापन यूनिभर्सल ल्याङ्वेज एण्ड कम्प्युटर ईन्टिच्युट डिल्लिबजारले गर्दै आएको छ ।

परीक्षाको स्वामित्व तथा ब्यवस्थापन ब्रिटीस काउन्सिल, आईडीपी अष्ट्रेलिया र क्याम्ब्रिज ईङ्लिससँग रहन्छ । IELTS र TOEFL कै समानान्तरमा मापन गरिएको यो परीक्षाले विद्यार्थीहरुको भिसा, विश्वविद्यालय र कलेजका लागि दिईने निवेदनमा सघाउने तथा बेलायत र अष्ट्रेलियाको पीआर प्रकृयाका लागि पनि सहयोगि हुने बताईएको छ । ‘अहिले सम्म विद्यार्थीले सिक्ने  भाषा भनेको उनीहरुलाई कलेज सम्म प्रबेश गर्ने एउटा माध्याम बनेको छ, CAE परीक्षाले विद्यार्थीको काम र समग्र जीवनमा सघाउँछ,’ यूनिभर्सलका प्रिन्सिपल तथा परीक्षा ब्यवस्थापक उत्तम प्रसाद पन्तले भने, ‘यो पाठ्यक्रममा आधारित परीक्षा प्रणाली हो, यसको प्रमाणपत्र जीवनभरी रहन्छ, जबकी IELTS र TOEFL को स्कोर २ बर्षको लागि मात्रै उपयोगि हुन्छ ।’

आईतबार भएको कार्यक्रममा परीक्षाकी टिम लिडर जन थापा र परीक्षा ब्यवस्थापक पन्तले संयुक्त रुपमा विद्यार्थीलाई प्रमाणपत्र बितरण गरेका थिए । कार्यक्रममा विद्यार्थी सोना लिम्बुले परीक्षाले आफूमा अँग्रेजी भाषा बोल्न र लेख्न आत्मविश्वास बढाएको र विदेशमा पढ्न जाँदा सघाउने अपेक्षा लिएको बताईन् ।

गतबर्षबाट मात्रै शुरु भएको CAE परीक्षामा अहिले सम्म एक हजार भन्दा धेरै नेपाली विद्यार्थी सहभागि भईसकेको पन्तले जानकारी दिए । विद्यार्थीले प्राप्त गर्ने अँक क्रमशः बढ्दै गएको पनि उनले बताए ।

प्रतिक्रिया