शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप पारित गरेको खबर सार्वजनिक भएको छ । ती खबर अनुसार कक्षा ११ र १२ मा नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र जीवन उपयोगी शिक्षा गरी चार बिषयहरुलाई अनिवार्य गरिएको छ । अन्य तीनवटा बिषयहरु ऐच्छिक हुने भनिएको छ ।
राष्ट्रिय पाठ्यक्रम प्रारूप पारित हुनु भन्दा केही दिन अघि सार्र्वजनिक गरिएको मस्यौदामा उल्लेख भएका अनिवार्य बिषयहरु 'प्रायोगिक गणित' र विज्ञान तथा प्रविधि हटाईएको खबर आएका छन् । पारित उक्त प्रारुप अहिले सम्म सार्वजनिक गरिएको त छैन, तर मन्त्रालयले गत शुक्रबार सार्वजनिक गरेको मुख्य बुँदाहरुका आधारमा रहेर खबर सार्वजनिक भएपछि फरक फरक कोणबाट बहस शुरु भएको छ । उक्त चर्चाको केन्द्रमा भने यी बिषयहरु अनिवार्य हुनु पर्ने कि नपर्ने भन्ने नै छ ।
सोही सन्दर्भमा यो आलेखमा विद्यालय तहमा गणित बिषय अनिवार्य हुनु पर्ने कि नपर्ने भन्ने कुरामा केन्द्रित भई केही छलफल गर्ने प्रयास गरिएको छ ।
विद्यालय शिक्षा किन ? कस्ता बिषयहरु अनिवार्य हुन्छन् ?
सबै भन्दा पहिला बुझ्नुपर्ने कुरा के हो भने लामो समय देखि कक्षा १० सम्म रहेको नेपालको विद्यालय शिक्षाको संरचना परिवर्तन भएर कक्षा १२ सम्म पुगेको छ । आधारभूत तह सम्म निशुल्क र कक्षा १२ सम्मको शिक्षा अनिवार्य गर्ने संवैधानिक ब्यवस्था छ । बाम गठबन्धन बनाएर चुनावमा होमिएका दलको घोषणापत्रमा क्रमशः कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क बनाउने उल्लेख छ । नेपाल सरकारले पनि विद्यालय शिक्षालाई निःशुल्क र व्यवहारिक बनाउने योजनामा जोड दिईरहेको छ ।
प्रारम्भिक देखि कक्षा १२ सम्मको विद्यालय शिक्षालाई सिपमुलक, जीवन उपयोगी, रोजगार उन्मुख एवंम् मुल्यमा आधारित बनाउने भनी राष्ट्रिय पाठ्यक्रम प्रारूपको उक्त मस्यौदामा उल्लेख गरिएको छ । सम्भवतः पारित प्रारुपमा पनि यो कुरा समाबेश होला । जसको अर्थ असल नागरिक र मध्यम स्तरको सीपयुक्त जनशक्ति निर्माण गर्ने सरकारको ध्येय हो भन्ने बुझिन्छ ।
विद्यालय तहको अध्ययन पश्चात् जुनसुकै पेशा र व्यबसायमा आबद्ध भए पनि त्यसमा आवस्यक ज्ञान र सीपको विकास हुनुपर्दछ भन्ने विश्वब्यापी मान्यता हो । यसको अलावा माथिल्लो तहमा अध्ययन गर्नको लागि आवश्यक पर्ने ज्ञान र सीपको जग निर्माण गर्नु पर्ने पनि हो र यसै कुरालाई मध्यनजर गर्दै बडो सतर्कता र बुद्धिमताको साथ महत्वपूर्ण बिषय बस्तुहरुलाई सबै विद्यार्थीले सिक्नै पर्ने भनी विद्यालय तहमा अनिवार्य बिषय बनाईन्छ । ती बिषय बस्तुहरुको छनौट गर्दा शिक्षाको सामान्य उद्धेश्यबाट निर्देशित हुन्छन् र हाम्रो राष्ट्रिय पाठ्यक्रम प्रारूपमा जीवन उपयोगी शिक्षा, रोजगारी र स्वरोजगारीका लागी शिक्षा, संचार र सूचना प्रविधी सम्बन्धित शिक्षा र व्यवहारिक सीपको लागि शिक्षा भनी स्पष्टका साथ भनिएको छ । यस सन्दर्भमा कस्ता – कस्ता बिषयबस्तुहरु मार्फत विद्यार्थीमा यी माथि उल्लेखित ज्ञान, सीप र मूल्य मान्यताको विकास निर्माण गराउन सकिन्छ । यसको लागि कुन–कुन बिषयहरु अनिवार्य बनाईनु पर्दछ भनी विश्लेषण हुनु जरुरी हुन्छ ।
के गणित बिषय अनिवार्य हुनु जरुरी छ ?
गणित बिषय प्राचीन कालदेखि नै मानिसहरुले अभ्यास गर्दै, परिमार्जन गर्दै र खोज–अनुसन्धान गर्दै बनाईएको गतिशील विश्वब्यापी भाषा र साधन हो । आजको दिनमा यो एउटा छुट्टै बिषयबस्तु मात्र नभई अरु धेरै बिषयबस्तुहरुको आधार पनि हो । विज्ञान, सूचना र प्रविधी जस्ता बिषयहरु गणित बिना अपुरा हुन्छन् र जुनसुकै पेशा र व्यवसायको लागी गणितका व्यवहारिक ज्ञान हुनु आबस्यक हुन्छ । गणितीय धारणाहरुको निर्माण संगै विद्यार्थीमा दैनिक जीवनमा आईपर्ने समस्याहरुको समाधान गर्न सक्ने सीप, कुनै पनि बिषय बस्तुहरुलाई विविध दृष्टिकोणहरुबाट नियाल्न सक्ने कौशलता र सृजनशिलताको विकास गराउँदछ भन्ने कुरा विभिन्न अनुसन्धानहरुले पनि देखाईसकेको छ । यस सन्दर्भमा राष्ट्रिय पाठ्यक्रम प्रारूपले कल्पना गरे बमोजिमको विद्यालय शिक्षा सम्पन्न गरेका बिद्यार्थिमा हुनुपर्ने सक्षमता हासिल गर्न गणित विषयलाई विद्यालय तहको माथिल्लो कक्षा (१२) सम्म अनिवार्य गराउनु पर्दछ भन्ने कुरामा मतान्तर हुनुपर्ने कारण देखिदैन ।
कक्षा ११ र १२ मा त पहिले पनि गणित विषय अनिवार्य थिएन नि ? भन्ने कुरा यदा–कदा सुनिने गरेको छ । हामी सबैलाई सम्झना भएकै कुरा हो कि विश्वविद्यालयहरुले चलाउँदै आएको प्रविणता प्रमाणप्रत्र तह बन्द हुने क्रममा लगभग त्यसैलाई नै कक्षा ११ र १२ को रुपमा तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद् मार्फत चलाईएको थियो ।
यो सिद्धान्ततः विद्यालय तह (उ. मा. वि.) नै हो भने पनि व्यवहारिक रुपमा लामो समय सम्म विद्यालय तह (एस. एल. सी.) र विश्वविद्यालय तहको बिचमा पुलको रुपमा लामो समय सम्म रहिरह्योर अहिले सैद्धान्तिक र व्यवहारिक दुवै रुपमा कक्षा १२ सम्मको शिक्षा विद्यालय शिक्षा भएको बेलामा गणित बिषय अनिबार्य नहुनु दुर्भाग्यको कुरो हो । अहिले कक्षा ११ र १२ मा गणित अनिवार्य नहुनु भनेको पहिलेको कक्षा ९ र १० मा गणित अनिवार्य नभएको जस्तै हो ।
त्यसो हो भने बिद्यालय तहमा कस्तो गणित सिकाउने भन्ने कुरामा गहिरो छलफल र बहस जरुरी छ । वर्तमान अबस्थामा जस्तो किसिमको गणित र त्यसको अध्यापनको शैली छ, त्यसमा आमुल परिवर्तनको जरुरी छ । नेपालमा आजको दिनसम्म विद्यालय तहको गणितलाई “यो कठिन बिषय हो“ र 'सिक्न र सिकाउन पनि कठिन नै हुन्छ' भन्ने मान्यतामा आधारित भएर पाठ्यक्रम–पाठ्यपुस्तकको निर्माण र पठन–पाठन भएका छन् भन्ने कुरामा केही सत्यता महसुस गर्न सकिन्छ । जसले गर्दा अधिकांश मानिसहरुमा गणित सम्बन्धि नकारात्मक धारणा निर्माण भैरहेको छ । फलस्वरुप आजको दिनमा कैयौं मानिसहरुले त्यस्तो घोकन्ते गणित किन चाहियो ? नराखे कै ठीक भयो भनी भन्दै हिँडेको सुन्न पनि पाईन्छ । जुन दिन सम्म गणित बिषय 'प्रतिभाशाली' विद्यार्थिको लागि मात्र हो भनी प्रस्तुत गरिन्छ, त्यस दिनसम्म यो बिषय गणितका शिक्षकहरुको लागि मात्र प्यारो भएर बस्छ । यसले समाजको मन जित्न सक्दैन । यसै कुरालाई चिर्नु नै अहिलेको आवश्यकता हो ।
के हुन सक्छ अबको बाटो ?
पहिला सार्वजनिक मस्यौदा र पारित भए पछि सार्वजनिक सञ्चार माध्याममा आएका खबरहरुका आधारमा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूपको मर्म नियाल्ने हो भने कक्षा ११ र १२ मा सबैलाई आवश्यक पर्ने किसिमको गणित बनाई अनिवार्य नै गराउनुको विकल्प छैन । यसको लागि पाठ्यक्रम विकास केन्द्रले सरोकारवालाहरुसंग घनिभूत छलफल गरि निर्क्यौलमा पुग्नुपर्ने हुन्छ र गणित र प्रविधिलाई संगै राखी बिषयबस्तुको निर्माण गर्न पनि सकिन्छ ।
नेपालमा धेरै पटक, धेरै किसिमका राजनीतिक क्रान्तिहरु भए र केही हदसम्म परिर्वतन पनि महसुस गरियो तर गणित बिषय र यसलाई पढाउने तरिकामा आमुल परिर्वतन गर्न सकिएन । यसै मौकामा विद्यालय तहमा पढाउने गणितलाई पूर्णतया व्यबहारिक, चाख लाग्दो र अनिवार्य बनाई विद्यार्थीलाई असल नागरिकको साथै सक्षम जनशक्तिको निर्माण गर्नुपर्ने कुरामा हामी सबै एकमत हुनु आवश्यक छ । गणित कठिन र काम नलाग्ने भयो भनेर सजिलो र जीवन उपयोगी बनाउनुको सट्टा यसलाई नै हटाउने भन्ने कुराले बिद्यार्थी, समाज र देशलाई कदापी राम्रो बाटो तिर अगाडी बढाउन सकिदैन ।
(पन्त काठमाडौँ विश्वविद्यालय, गणित बिषयका उप–प्राध्यापक हुन् ।)
माध्यमीक तहमा ऐच्छिक गणित विषय को भेक्टर सम्बन्धी एकाइ लाइ कठिन एकाइको रुप मा विध्यार्थिले लिएका हुन्छन र शिक्षक हरुले पनी यसको धारणा स्पस्ट पार्न सकेको पाइदैन कक्षा १० का बिध्यार्थिहरुले एस एल सि मा एसबाट सोधिने समस्याको समाधान गरेको पाइदैन यसो हुनाका कारण्हरु पहिचान गरी समाधान का उपायाहरु नमुना सहित प्रस्तुत गर्नुहोस
सामुदायिक बिधालयका शिक्षकको जागिर जोगाउने मेलो मात्र हो गणित हटाउने कुरो, हतारमा गल्ती गरि फुर्सदमा पछुताउने निर्णय
कक्षा ११ र १२ मा गणित विषयलाई अनिवार्य भन्दापनि ऐच्छिक विषयकाे रुपमा राख्द्ा उपयुुक्त हुन्छ । किनकि सबै विद्यार्थीमा गणितकाे चाख नहुन पनि सक्छ ।
गणित विषयको हालसम्मको व्यबहारिक अवस्थालाई हेर्दा ९९% मानिसले कक्षा ५ सम्म अध्ययन गरेको गणितीय ज्ञान भन्दा बढी प्रयोग गरेको देखिन्न । ०.५% ले कक्षा कक्षा १० सम्मको अंक गणित र ज्यामितिको २५% प्रयोग गरेको देखिन्छ । बिज गणितको प्रयोग सामान्य जीवनको ब्यावहारिक प्रयोग ०.5% पनि देखिन्न । यो विषय कक्षा १० का ७०% विद्यार्थीहरूका लागि परै अनावश्यक बोझ र घाँडो हुनका साथै अरूचिको विषय भएको देखिन्छ ।तसर्थ यो विषय कक्षा ९ देखि नै ऐच्छिक बनाउनु उपयुक्त हुन्छ । यश विषयलाई अनिवार्य बनाउँदा ७० % विद्यार्थीहरूको समय बोझिलो र उपलब्धि विहिन भएर गुज्रिएको छ । यसको उपलब्धि भनेको केहीले गणित विषय शिक्षणका लागि रोजगार पाउनुमा सिमित रहेको छ । त्यसैले यश विषयलाई कक्षा १२ सम्म अनिवार्य वनाउन धेरै कसरत नगर्न हुन अनुरोध गर्न चाहन्छु ।
शिक्षक विद्यार्थी सबैलाई तनाबमा राख्ने विषय गणित I think it is a timely move
Great voice on mathematics education Sir lets make mathematics meaningful and useful in daily life.mathematics education is very important in real world.To develop nation mathematics is very important tool. We know that mathematics is queen of all sciences.
प्रस्तुत लेख वर्तमान समय सापेक्ष छ । लेखकलाई धन्यवाद दिन चाहान्छु । गणित विषयलाई साँच्चिकै सरल र मनोरञ्नात्मक तरिकाले पठन पाठन गर्ने किसिमको पाठयक्रम नेपालमा बन्न नसक्नु दुखद कुरा हो । हाल एस.इ.इ. तहसम्मको पठन पाठनमा अन्य सवै विषयमा २५ अंकको प्रयोगात्मक अंक छुटटयाइको छ भने गणित विषयमा १०० अंकको नै परीक्षा दिनु पर्छ । गणित प्रयोगात्मक हुनाले प्रयोगात्मक अंक नदिएको भन्ने भनाई छ तर विज्ञान विषयको हरेक विषयवस्तु प्रयोगशालामा नै केन्द्रित छ र पनि प्रयोगात्मक अंक छुटटयाइएको छ । यहाँ सरासर गणित विषयलाई राज्यबाट नै अपहेलित विषयको रुपमा लिइएको पाइन्छ । गणितमा पनि २५ अंको प्रयोगात्मक भए विद्यार्थीहरु हालको अवस्था भन्दा धेरै उत्तीर्ण हुन्थे । अन्य विषयको २५ मा २५ नै प्रयोगात्मक प्रदान गरिने हुनाले ७५ मा ६ अंक जति ल्याउँदा पनि डी प्लस हुने तर गणित चाही १०० अंकमा प्राप्तांक ल्याउनु पर्ने हुनाले गणितमा असफलता बढेको हो । फेरी राज्यले नै गणितमा अनुीर्णलाई पनि शिक्षाशास्त्र अध्ययन गर्न दिइएको हुनाले विद्यार्थीहरुले विकल्पको रुपमा गणित पढन छाडे र अन्य विषय अध्ययन् गर्न लागे । तसर्थ गणितलाई रामो तरिकाले पठन पाठन गर्नको लागि पनि गणित शिक्षक चाहिन्छ तर हाल तल्ला कक्षाहरुमा अन्य विषयका शिक्षकहरुले पढाएका भेटिन्छन् । तसर्थ गणितलाई पनि पेशागत विषयको रुपमा विकास गर्न सकिन्छ ।
गणितलाई विद्यालय शिक्षाबाट हटाउनु भन्दा सरल वेभारिक र जीवन उपयोगी बनाउनु जरुरि छ |
Nice article sir. Need to restore Mathematics as a core subject.
Very nice thought sirjee keep writing these type of article...
Informative for teachers like us and should be shared to concerned authorities.
Nice Article. Keep writing