Edukhabar
शनिबार, ०८ बैशाख २०८१
गतिविधि

केसीको उपचारका लागि टोली गठन

विहीबार, २८ असार २०७५

काठमाडौं - चिकित्सा शिक्षाका बेथिती अन्त्यको माग सहित १२ दिन देखि अनसनरत  डा. गोविन्द केसीको स्वास्थ्य उपचारका लागि शिक्षण अस्पतालले स्वास्थ्य उपचार टोली गठन गरेको छ । अस्पतालको एनेष्थेसियोलोजि तथा क्रिटिकल केयर यूनिटका उपप्राध्यापक डा. प्रमेश सुन्दर श्रेष्ठको संयोजकत्वमा ४ सदस्यीय टोली गठन गरिएको हो । 

टोलीमा मनमोहन कार्डियोथोरासिक भाष्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरका उप प्राध्यापक डा. सूर्य देवकोटा, रिस्पिरोटरी मेडिसिन डिपार्टमेण्टका उप प्राध्यापक डा. पंकज पन्त र नेफ्रोलोजि विभागका उप प्राध्यापक डा. रवीन नेपाली छन् । 

केसीको छाती, मुटु र फोक्सो लगायतमा समस्या आएकोले स्थिती नाजुक बन्दै गईरहेको भन्दै अस्पतालले उपचार टोली गठन गरेको जनाएको छ । 

केसीको अवस्था नाजुक बन्दै गएकोले शिक्षण अस्पतालबाट चिकित्सक सहितको टोली पठाउने ब्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालय र त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानबाट निर्देशन प्राप्त भएपछि उक्त टोली गठन गरिएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. दीपक प्रकाश महराले जनाएका छन्  । 

जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डा. केसीको उपचारका लागि संस्थान मार्फत् शिक्षा मन्त्रालयसँग समन्वय गरी काम गर्न अस्पतालले उक्त टोलीलाई भनेको छ । 

 

प्रतिक्रिया