Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

अस्थायी शिक्षकलाई अन्तिम ताकेता

सोमबार, ३० असार २०७६

भक्तपुर - स्वतः अवकास भएका अस्थायी शिक्षक मध्ये अहिले सम्म पनि केही शिक्षकहरुले आवेदन नबुझाए पछि शिक्षा तथा मानव श्रोत विकास केन्द्रले अन्तिम ताकेता गरेको छ । सबै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरेर केन्द्रले साउन १५ गते भित्र आवश्यक कागजात सहित आवेदन गर्न ताकेता गरेको छ । 

उक्त ताकेतालाई अन्तिम मौका भन्दै केन्द्रले अवकास प्राप्त शिक्षकलाई उक्त सूचना प्रवाह गर्न पनि निर्देश गरेको छ । 'सम्बन्धित इकाइहरुले आफ्नो जिल्ला भित्रका अवकास प्राप्त शिक्षकहरुलाइृ तोकिएको म्याद भित्र आवेदन नगरी सेवा सुविधाबाट बञ्चित भएमा सम्बन्धित व्यक्ति स्वयं जिम्मेवार हुने सूचना प्रवाह गर्न' केन्द्रले निर्देश गरेको हो । 

उक्त अवधिमा जम्मा भएका फाईललाई समष्मै विद्यालय शिक्षक कितावखानामा पठाउने व्यवस्था मिलाउन पनि केन्द्रको निर्देशन छ । 

शिक्षा ऐनको नवौं संशोधनले कार्यरत अस्थायी शिक्षकलाई परीक्षाको मौका दिएको थियो । उक्त मौका अनुसार परीक्षामा सामेल नभएका र भएर फेल भएकाले पनिसुविधा प्राप्त गर्ने व्यवस्था छ । 

प्रतिक्रिया