विद्यालय कम्पाउण्ड निर्माणमा पनि घुस, ईञ्जिनीयर पक्राउ


काठमाडौं - बारा जिल्लाको पचरौता नगरपालिकाका इञ्जिनियर राम प्रकाश सतरालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले घुस रकम सहित पक्राउ गरेको छ ।  

विद्यालयको कम्पाउण्ड वाल निर्माण सम्पन्न भए पश्चात गर्नु पर्ने भुक्तानीका लागि आवश्यक सिफारिस गर्दा पन्ध्र हजार घुस माग गरेको उजुरीका आधारमा हेटौंडाबाट खटिएको आयोगको टोलीले घुस रकम सहित उनलाई पक्राउ गरेको हो । सिफारिस गर्नु पर्ने वेलामा विभिन्न बहाना गरी घुस मागेको  उजुरीको आधारमा घुस वापतको रकम लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । इञ्जिनियर सतरा विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।