Edukhabar
विहीबार, १५ चैत्र २०८०
गतिविधि

विभिन्न कार्यक्रम साथ तेस्रो बार्षिकोत्सव

मंगलबार, २८ माघ २०७६

काठमाडौं - विभिन्न कार्यक्रम गर्दै द रोलिङ स्टोन्स स्कुलले आफ्नो तेस्रो बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । मरु भीमसेनस्थान स्थित विद्यालयमा सोमबार भएको कार्यक्रममा कक्षा ७ की सुजता श्रेष्ठलाई  सर्वोत्कृष्ट विद्यार्थीको सम्मान प्रदान गरिएको थियो । 

कार्यक्रममा अतिरिक्त क्रियाकलाप अन्तर्गत नृत्य, खेलकुद प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरियो । कार्यक्रममा गायन तर्फ मनिषा श्रेष्ठ, विकास गौतम र तेञ्जिङ लामा क्रमशः प्रथम द्धितिय र तृतिय भएका थिए । त्यस्तै खेलकुद अन्तर्गत फुटबलमा अनुप भण्डारीलाई हाइ स्कोरर, पारस केसीलाई वेष्ट प्लेयर र तेन्जिङ लामालाई बेष्ट प्लेयरको उपाधी प्रदान गरिएको थियो । शिक्षकको व्याडमेन्टिन तर्फ जीवन पाण्डे र मेसक शेर्पा तथा ऋतु स्थापित र प्रतिमा जोशी पुरस्कृत भएका छन् । उनीहरु सबैलाई प्रिन्सिपल दिरेकलाल श्रेष्ठले पुरस्कार र प्रमाणपत्र प्रदान गरे । 

कार्यक्रमा बोल्दै  प्रिन्सिपल श्रेष्ठले पढाईका अलावा विद्यार्थीको रुची र अभिभावकको चाहना अनुसार विद्यालयले थप अतिरिक्त कार्यक्रमहरु सञ्चालन गर्दै जाने प्रतिवद्धता व्यक्त गरेका छन् । विद्यालयले प्रारम्भिक बालविकासमा भर्ना भएका साना बच्चाहरु बाट नै प्रयोगात्मक शिक्षालाई जोड दिदैं आएको उनले दावी गरे । विद्यालयले पठन पाठन  अतिरिक्त विद्यार्थीहरुको क्षमता विकास गर्न खेलकुद, मनोरञ्जन, नृत्यकला, वक्तृत्वकला, चित्रकला, हस्तकला लगायतका विषयमा बढी ध्यान केन्द्रीत गरेको छ । विद्यालयले अपनाएको नयाँ शैक्षिक सोचलाई लायन्स क्लब अफ डेनमार्क, लेगो फाउण्डेशन र अमेरिकन प्रोफेसरले सहयोग गर्दै आएको श्रेष्ठले जानकारी दिए । 

प्रतिक्रिया