Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

शैक्षिक सुधार योजना आह्वान, तीन महिना भित्र २५ लाख सक्नुपर्ने

शनिबार, २४ फागुन २०७६

भक्तपुर - शिक्षा तथा मानव श्रोत विकास केन्द्रले विद्यालयहरुसँग शैक्षिक सुधार योजना आह्वान गरेको छ । चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा घोषणा गरिएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत आर्थिक बर्षको बाँकी ३ महिना भित्र सक्ने गरी प्रति विद्यालयलाई न्यूनतम २५ लाख रुपैंया दिने केन्द्रले जनाएको छ । यसका लागि कार्यक्रम निर्देशक समितिको बैठकले शैक्षिक सुधार अन्र्तगतका परियोजना सञ्चालन गर्न ईच्छुक विद्यालयहरुबाट प्रस्ताव आह्वान गर्ने निर्णय गरेको थियो ।

चैत १५ गते भित्र प्रस्ताव पेश गर्नु पर्ने छ । कार्यक्रम भने चालु आर्थिक बर्षको बाँकी ३ महिनामा सक्ने गरी बनाउनु पर्ने छ । विभिन्न ११ वटा प्राथमिकता क्षेत्र निर्धारण गरेर प्रस्ताव माग गरिएको छ । प्रस्ताव पेश गर्न ३ वटा प्रक्रिया तय गरिएको केन्द्रको सूचनामा उल्लेख छ ।

पढ्नुहोस् सूचना : 

कार्यक्रम घोषणा भएको १० महिना पछि गत माघ पहिलो साता सरकारले विभिन्न ६ क्षेत्र केन्द्रित गरी राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालन गर्ने गरी कार्यविधि स्विकृत गरेको थियो ।

सार्वजनिक शैक्षिक संस्थाको भौतिक पूर्वाधार विकास र पुनर्संरचना तथा विद्यार्थीको सिकाइ उपलब्धी स्तर अभिवृद्धिमा केन्द्रित गर्ने गरी शिक्षा मन्त्रालयले तयार पारेको कार्यविधि मन्त्रीपरिषद्ले स्विकृत गरे सँगै उक्त कार्यक्रम लागू हुने चरणमा पुगेको हो ।

तर कार्यक्रम सञ्चालन कार्यविधिमा उल्लेखित प्रावधान, शैक्षिक सुधारमा पिन पोईण्ट’ गर्न असफल भएको भन्दै आलोचना जारी छ ।

किन भने कार्यविधिमा सुधार केमा गर्ने हो र प्राथमिकता के हो भन्ने कुरा अलमल देखिन्छ ।

पढ्नुहोस् : शैक्षिक सुधारको जडमा नपुगेको कार्यविधि

त्यही अलमलको जगमा शुरु हुन लागेको यो कार्याक्रमको प्रस्ताव आह्वानमा उल्लेख प्राथमिकता क्षेत्रले पनि त्यही कुरा पुष्टि गरेको छ । आर्थिक बर्ष सकिन ३ महिना मात्रै बाँकी हुँदा गर्न लगिएको कार्यक्रममा वितरण गरिने रकम कनिका छरेजस्तो हुँदैन भन्ने बलियो आधार देखिएको छैन ।

प्रतिक्रिया