Edukhabar
शनिबार, ०८ बैशाख २०८१
गतिविधि

आर्थिक अभावले पढ्न नपाएकालाई व्यवस्था गर्ने कार्यभार

बुधबार, १४ माघ २०७७

ललितपुर - आर्थिक अभावका कारण विद्यालय जान नपाएका बालबालिकालाई विद्यालय पठाउने व्यवस्था गर्ने कार्यभार सहित नेकपाका नेता वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । असंवैधानिक रुपमा संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम पछि सत्ताधारी दलमा आएको विभाजन विरुद्ध गौतमले अभियानको घोषणा गरेका हुन् । अभियानको मुख्य कार्यभार अन्र्तगत आर्थिक अभावकै कारण विद्यालय जान नपाएका बालबालिकाको विषय पनि गौतमले समेटेका हुन् । 

एकताका लागि दुई चरणको अवधारणा सहित घोषित उनको अभियानलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान नाम दिईएको छ । गौतम उक्त अभियानको संयोजक हुन् । आफू निकट कार्यकर्ता सहित धोबीघाटमा आयोजित कार्यक्रमका बीच गौतमले आफ्नो अभियान घोषणा गरेका हुन् । 

संसद विघटन विरुद्धको मुद्दा सर्वोच्च अदालतको ईजलासमा बहस भईरहेका कारण गौतमले फैसला आउनु अघिको समयलाई अभियानको पहिलो र फैसला आए पछिको अवधिलाई दोश्रो चरण हुने बताएका छन् । यी दुई चरणमा पार्टी एकीकरणका लागि आवश्यक विभिन्न विकल्पहरुमा छलफल गर्ने उनको योजना छ । 

अदालतले संसद पुनःस्थापना गरेमा संयुक्त सरकार सञ्चालन गर्ने प्रक्रिया अवलम्बन गर्ने यदी चुनाव गर्ने कुरा सदर भएमा मिलेर चुनाव गर्ने अवधारणा बनाएका छन् । दुबै अवस्थामा भिन्न–भिन्न केन्द्र अन्तर्गत पार्टी सञ्चालन र कार्यगत एकताको आधारमा निर्वाचनमा सामेल हुने, दुई समूह एक नभई विभाजन भएमा दुवै पार्टीसँग मित्रवत् सम्बन्ध राख्दै अघि बढ्ने पनि उनको अवधारणा छ ।

संसद विघटन सँगै सत्ताधारी दल दुई समूहमा विभक्त भएको छ । तर गौतमले यसलाई कानुनी रुपमा अझै पार्टी नफुटेको निश्कर्ष सहित अभियान शुरु गरेको बताएका छन् । प्रतिनिधिसभा पुनःस्थापना पछि पनि एकीकरण नभए चुनाव अवधि र त्यस पछि समेत निरन्तर एकिकरणको प्रयास गर्ने उनले बताए । 

अभियान अन्र्तगत केन्द्र, प्रदेश हुँदै स्थानीय स्तर सम्म विभिन्न समिति गठन गर्ने उनको अवधारणा छ । 

गौतमको अभियानमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति हीराबहादुर महर्जन विघटित प्रतिनिधिसभा सदस्य माया ज्ञवाली, तुलसा थापा, धान दिवसको दिन महिला माथि दुव्र्यवहार गरेको भन्दै आलोचना भएसँगै राजिनामा गरेका पूर्व कृषि मन्त्री हरि पराजुली, कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र उपमेयर सरस्वती खड्का, वाग्मती प्रदेश सांसद विनोद खड्का लगायत सहभागी छन् ।

प्रतिक्रिया