Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विदेशमा शिक्षा अस्ट्रेलिया जापान

अष्ट्रेलिया र जापान जान प्रकृया पुरा गरेका विद्यार्थीका लागि नयाँ व्यवस्था

बुधबार, ०८ मंसिर २०७८

काठमाडौं - आवश्यक प्रकृया पुरा गरेर पनि कोरोना भाईरस कोभिड १९ महामारीका कारण सम्बन्धित मुलुक जान नपाएका विद्यार्थी मध्ये जापान र अष्ट्रेलिया जान प्रकृया पुरा गरेका विद्यार्थीका लागि नयाँ व्यवस्था भएको छ । उक्त व्यवस्थाका बारेमा नेपाल शैक्षिक परामर्श संघले मंगलबार पत्रकार सम्मेलन मार्फत् विद्यार्थी र अभिभावकलाई जानकारी दिएको छ । 

महामारीका कारण आवागमन ठप्प हुँदा प्रकृया पुरा गरेर पनि नेपाली विद्यार्थी सम्बन्धित मुलुक जान पाईरहेका थिएनन् । उनीहरुले भिसा प्राप्त गरिसके पनि नेपाल मै अनलाइन कक्षा लिदैं बसेका थिए । महामारी संक्रमण र फैलावटको दर क्रमशः घट्दै गए पनि अन्तर्राष्ट्रिय आवागमन सामान्य हुने क्रममा रहेको देखिन्छ । यही सन्दर्भमा अष्ट्रेलिया र जापान जान प्रकृया पुरा गरेका विद्यार्थीका लागि भएको नयाँ व्यवस्थाका बारेमा संघले स्पष्ट पारेको हो ।  

गत सोमबार अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अन्तर्राष्ट्रिय यात्रुका लागि अष्ट्रेलियाको सिमाना खोल्ने बारे थप घोषणा गरे पछि सँघले उक्त विषयलाई थप स्पष्ट पारेको जनाएको छ । अष्ट्रेलियाका प्रधानमन्त्रीको उक्त घोषणाले अष्ट्रेलियामा बिभिन्न भिसा अन्तर्गत यात्रा गर्न चाहने यात्रु खास गरि नेपाली विद्यार्थीलाई प्रवेशका लागि ढोका खुलेको छ । नेपालका लागि अष्ट्रेलियन राजदुत फेलिसिटि भोल्कले आफूहरुलाई आधिकारिक रुपमा उक्त घोषणाको जानकारी गराएको संघले जनाएको छ । 

नयाँ घोषणा अन्तर्गत Dec 1, 2021 देखि पूर्ण रूपमा खोप लगाइएका (Fully Vaccinated) योग्य भिसा धारकहरू ( Eligible Visa holder) अन्तर्राष्ट्रिय विद्यार्थी, दक्ष, शरणार्थी, मानवीय, अस्थायी र अस्थायी पारिवारिक भिसा धारकहरू सहित) यात्रा छुटको लागि आवेदन नगरी अष्ट्रेलिया जान सक्नेछन् । योग्य भिसा धारकहरूमा दक्ष र विद्यार्थी समूहहरू, Refugee, Humanitarian and Temporary and Provisional Family Visa Holders समावेश छन् । (योग्य भिसा उपवर्गहरूको (Visa Subclasses) पूर्ण सूची https:÷÷covid19.homeaffairs=gov.au वेबसाइटमा उपलब्ध छ । 

यो ब्यबस्था अन्तर्गत अष्ट्रेलिया प्रबेश गर्न चाहने यात्रुले निम्न कार्य गरेको हुनुपर्नेछ :

१. अष्ट्रेलियाको Therapeutic Goods Administration (TGA) द्वारा स्वीकृत वा मान्यता प्राप्त भ्याक्सिनको सम्पूर्ण डोज लिएर पूर्ण रूपमा खोप लगाएको हुनु पर्नेछ । यसमा १२ वर्ष मुनिका बालबालिका र अन्य स्वास्थ्यको कारणले खोप लगाउन नपर्ने यात्रुहरुको लागि भने पूर्ण रूपमा खोप लगाइएका यात्रुहरू सरहकै मान्यता रहने छ । १२ देखी १७ वर्ष उमेरका खोप नलगाइएका नाबालिगहरूलाई पूर्ण खोप लगाएको बयस्कसँग यात्रा गर्न अनुमति दिने ब्यबस्था गरिएको छ । यसका लागी प्रवेश गर्न चाहेको राज्य वा क्षेत्र (State or Territory ) का (Specific Requirements) बिशेष लाई भने ध्यान दिनु पर्ने छ । 

२. यात्रा गर्न चाहने व्यक्तिको Visa Subclasses अन्तर्गत योग्यता पुगेको Valid visa हुनुपर्नेछ ।

३. यात्रुहरुले खोप स्थिति (Vaccination Status) को प्रमाण पेस गर्नुपर्ने छ ।

४. यात्रुहरुले अनिबार्य रुपमा प्रस्थान गरेको ३ दिन भित्र गरिएको नेगेटिभ COVID–19 पोलिमरेज चेन रियाक्सन (PCR) परीक्षण Report प्रस्तुत गर्नुपर्नेछ । (चिकित्सा छुट लागू नभएसम्म) 

५. अष्ट्रेलियामा क्वारेन्टाइन आवश्यकताहरू राज्य र क्षेत्र सरकारहरूद्वारा निर्धारण गरिने ब्यबस्था गरिएको छ । 

६. हाललाई अष्ट्रेलिया फर्कने यात्रुहरूले क्वारेन्टाइन नबसी NSW, Victoria र ACT मा मात्र प्रवेश गर्न र यात्रा गर्न सक्ने ब्यबस्था गरिएको छ । 

७. अष्ट्रेलियाको एक राज्य वा क्षेत्रबाट अर्को राज्य वा क्षेत्रमा यात्रा गर्न चाहने व्यक्तिहरूलाई क्वारेन्टाइन अवधिबाट प्रबेश दिन चाहने वा प्रवेश गर्न अनुमति नदिने ब्यबस्था सम्बन्धित राज्य वा क्षेत्रको अधिनमा रहने छ । 

८. यात्रुहरूले आफूले यात्रा गर्न चाहेको अष्ट्रेलियाको कुनै पनि राज्य वा क्षेत्रमा क्वारेन्टाइनको व्यवस्थाबारे ब्यक्ति स्वयम् सचेत हुनुपर्नेछ । यि माथिका ब्यबस्था अष्ट्रेलिया जान चाहने कुनै पनि यात्रु तथा बिद्यार्थीको हकमा लागु हुनेछ ।

सम्वन्धित विद्यार्थी तथा अभिभावक एवम सवै सदस्य संस्थाहरुलाई संघले अनावश्यक दवाव तथा आर्थिक भार नपर्ने गरि VFS Appointment  तथा हवाई टिकट व्यवस्थापनको कार्यमा सहजीकरण गर्न तथा कुनै खास समस्या उत्पन्न भएमा सुचना दिन समेत अनुरोध गरेको छ । 
यसैगरी जापान सरकारले गत Nov 8, 2021 देखि नै विदेशीको लागि पर्यटक भिसा बाहेक अन्य भिसाको निमित्त बोर्डर खुल्ला गरि भिसा प्रकृया आरम्भ गरिसकेको छ । 

जापान सरकारले २०२० को डिसेम्बर देखि विद्यार्थी भिसामा जापानमा उच्च शिक्षा अध्ययनमा जाने विद्यार्थीको लागि प्रवेशमा रोक लगाईएकोमा मिति २०२१ नोभेम्वर ०८ वाट प्रवेशको लागि अनुमति दिने निर्णय गरेको छ । जसबाट २०२० मा COE प्राप्त गरि Tuition Fee लगायतका शुल्क तिरेर बसेका विद्यार्थीमा सहजता हुने अपेक्षा छ । जापान सरकारले २०२० को अप्रिल देखि २०२१ को अप्रिल सम्मका विद्यार्थीलाई २०२१ को नोभेम्वर, डिसेम्वर र जनवरी गरी तिन महिनामा प्रवेशको अनुमती दिने र २०२१ को अप्रिल, जुलाई र अक्टोवरका विद्यार्थीलाई जनवरी पछि सुचना जारि गर्ने जनाएको छ । मुलतः 

१. २०२० जनवरी ०१ देखि २०२० मार्च ३१ सम्म COE प्राप्त विद्यार्थीले नोभेम्वर २०२१ मा प्रवेश पाउने । 

२. २०२० जनवरी ०१ देखि २०२० सेप्टेम्वर ३० सम्मका COE प्राप्त विद्यार्थीले डिसेमम्वर २०२१ मा प्रवेश पाउने । 

३. २०२० जनवरी ०१ देखि २०२१ मार्च ३१ सम्म COE प्राप्त विद्यार्थीले जनवरी २०२२ मा प्रवेश पाउने । 

सोहि अनुसार नेपालबाट जापानिज दुतावासमा भिसा आवेदन गरि भिसा प्राप्त गर्न सक्ने जनाईएको छ । नेपालमा भिसा आवेदन पुर्व विद्यार्थीले आफुले अध्ययन गर्न जान चाहेको कलेज, स्कुलवाट माग गरिएको कागजपत्र पेश गरि जापानको शिक्षा मन्त्रालयवाट प्रदान गर्ने Certificate या Examination (Screening Certificate)  लिनु पर्ने वाध्यात्मक व्यवस्था गरिएको छ । Screening Certificate  प्राप्त विद्यार्थीले मात्र भिसा आवेदन गर्न सक्नेछन् । साथै नेपालमा अवस्थित जापानिज दुतावासले भिसा आवेदन प्रत्यक्ष रुपमा नलिने नयाँ नियम शुरु गरेको छ र सम्पुर्ण भिसा आवेदन नेपाल अवस्थित VFS Global Nepal बाट लिने जनाएको छ । यो व्यवस्थाले विद्यार्थीले आफ्नो अनुकुल समयमा भिसा आवेदन दिन सक्ने अनुमान गरिएकोमा सो विपरित VFS Global ले जापान सरकारले जारि गरिएको सुचना विपरित कुनै निश्चित मापदण्डमा नरहि अव्यवहारीक तवरले भिसा आवेदनको Booking लिईरहेको छ । जसवाट २०२० मा Fee जापान पठाई जापान जान प्रतिक्षारत विद्यार्थीले Screening Certificate  प्राप्त गरेता पनि सहजै भिसा आवेदनको लागि VFS बाट समय प्राप्त गर्ने अवस्था देखिदैन । २०२० का विद्यार्थीलाई प्राथमिकतामा राखि सुचना निकालेको जापान सरकारले VFS Nepal लाई भने सोहि अनुसार निर्देशन नदिएकोले विद्यार्थी मार्कामा परेका छन् ।

 

प्रतिक्रिया