Edukhabar
शनिबार, २२ बैशाख २०८१
गतिविधि

कक्षा १० को अन्तिम परीक्षाको तालिका सार्वजनिक

शनिबार, १४ माघ २०७९

भक्तपुर - यस वर्ष कक्षा १० को अन्तिम परीक्षा ६३ दिनपछि हुने भएको छ ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नियमित र ग्रेडवृद्धिको समय तालिका प्रकाशन गरेको छ ।

प्रकाशित तालिका अनुसार परीक्षा आगामी चैत १७ गते शुक्रबारबाट सुरु हुनेछ । पहिलो दिन अनिवार्य अँग्रेजी, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य तथा अनिवार्य अँग्रेजी विषयको परीक्षा हुनेछ ।

त्यस्तै १९ गते अनिवार्य गणित, २० गते अनिवार्य नेपाली र गैर विद्यार्थीहरुका लागि अँग्रेजी९इलेक्टिव अँग्रेजी०, २२ गते अनिवार्य विज्ञान, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण तथा अनुवाद, २३ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुने छ ।

परीक्षा चैत २९ गते सकिने बोर्डले जनाएको छ ।

२०७३ सालमा भएको शिक्षा ऐनको आठौं संशोधनले विद्यालयको संरचनामा परिवर्तन गरे पनि बोर्डले पुरानै ढाँचामा कक्षा १० को परीक्षा सञ्चालन गर्दै आएको छ । ऐनको दफा ४ ट को उपदफा १ मा माध्यमिक शिक्षाको कक्षा दश र माध्यमिक तहको अन्त्यमा हुने परीक्षा, बोर्डबाट सञ्चालन हुने र उपदफा २ मा कक्षा दशको अन्त्यमा हुने परीक्षा क्षेत्रीय स्तरमा सञ्चालन हुने उल्लेख छ । 

तालिका : 

 

प्रतिक्रिया