Edukhabar
शनिबार, १२ साउन २०८१
गतिविधि

आन्दोलनरत राहत लगायतका शिक्षकहरु र सरकार बिच सहमती

जारी प्रर्दशन फिर्ता लिन शिक्षकहरु सहमत

शुक्रबार, १२ असोज २०८०

काठमाडौ - आन्दोलनरत राहत लगायतका शिक्षकहरु र सरकार बिच सहमती भएको छ । नेपाल शिक्षक महासंघले सरकारसँग गत असोज ५ गते सहमती गरे पछि पनि उक्त सहमती प्रति विमती जनाउँदै सडक प्रर्दशनमै रहेका राहत लगायतका शिक्षकलाई वार्ताका लागि शिक्षा मन्त्रालयले बिहीबार पत्राचार गरेको थियो । सोही आधारमा शुक्रबार भएको छलफल पश्चात सहमती भएको हो । 

महासंघको संलग्नतामा भएको सहमती सँगै काठमाडौमा शुरु सडक प्रदर्शन लगायतका कार्यक्रम फिर्ता लिन शिक्षकहरु सहमत भएका छन् । 

सहमतीको लिखित दस्तावेजलाई अन्तिम रुप दिने कार्य जारी रहेको मन्त्रालय श्रोतले जनाएको छ । 

यस अघि बिहीबार राहत लगायतका शिक्षकलाई वार्ताका लागि शिक्षा मन्त्रालयले पत्राचार गरेको थियो । महासंघका अध्यक्ष बाहेकका अधिकाँश पदाधिकारी सहित आन्दोलनरत शिक्षकहरुका नेताहरुसँग शिक्षा मन्त्रालयका अधिकारीहरुले गरेको उक्त छलफलमा शिक्षकले उठाउँदै आएका मागहरु संसदमा लाने, त्यहीँ छलफल गर्ने र सबै पक्षले ईमान्दार प्रयास गर्ने अनौपचारिक सहमती भएको थियो । 

गत भदौ २७ गते शिक्षा मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षालाई संशोधन र एकिकरण गर्न बनेको विधेयक सदनमा दर्ता गरे लगतै विद्यालय बन्द गरेरै शिक्षक महासंघसँग आन्दोलनमा उत्रिएको थियो । महासंघसँग भएको सहमतीमा आन्तरिकमा ७५ र खुलामा २५ प्रतिशत हुने गरी राहतको दायरालाई अझै बढाईएको छ । तर, पनि सहमती गर्दा महासंघले धोका दिएको भन्दै उनीहरुले प्रदर्शन जारी राखेका थिए ।  

प्रतिक्रिया