Edukhabar
सोमबार, ०७ जेठ २०८१
गतिविधि

सेवा प्रभावकारी बनाउन शिक्षा मन्त्रालयबाट जनशक्ति थप

दुई जना शाखा अधिकृत थप गरेर शाखामा खटाएको भएपनि एक जना मात्रै हाजिर भएका छन् ।

विहीबार, १२ पुस २०८०

काठमाडौं - शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सानोठिमी स्थित वैदेशिक अध्ययन अनुमति शाखाको सेवा चुस्त बनाउन जनशक्ति थप गरेको छ । 

मन्त्रालयले थप दुई जना शाखा अधिकृत शाखामा खटाइएको मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख श्रीप्रसाद भट्टराईले बताए । मन्त्रालयले शाखा अधिकृत वैकुण्ठ आचार्य र मेनुका रिजाललाई शाखामा खटाएको हो । 

‘सेवाग्राहीको भीड अनुसार जनशक्ति व्यवस्थापन गरिरहेका छौ,’उनले भने,‘सेवाग्राहीले सहजै सुविधा पाउनेमा हामीले आशा गरेका छौ ।’ बिहीबार सेवाग्राहीको सङ्ख्या पनि कम भएको उनले बताए । सहसचिव भट्टराईले सेवाग्राहीको सङ्ख्या कम भएको बताए पनि शाखामा बिहानदेखि विद्यार्थी भिडभाड छ । दैनिक आठ सय जनालाई भेरिफाइको लागि समय दिए पनि त्यो भन्दा बढी आएको कर्मचारीहरू बताउँछन् । ‘भेरिफाईको लागि उपस्थित हुन समय दिएका भन्दा अरू पनि विद्यार्थी आएपछि भिडभाड उस्तै छ,’शाखाका एक कर्मचारीले भने । मन्त्रालयले दुई जना पठाएको भनिए पनि शाखामा एक जना महिला अधिकृत आएको ती कर्मचारीले बताए ।  

थप समाचार

सेवाग्राहीबाट कुटिने डरले सरकारी पोशाक नलगाई आउँछन् शिक्षा मन्त्रालयका कर्मचारी, सुरक्षाकर्मी राखेर सेवा प्रदान

यस अघि आवेदन दिएका विद्यार्थीले पुनः दिनु पर्ने

एनओसी वितरण आजदेखि

एनओसीको सर्भर चार दिन देखि डाउन, सेवा लिन पुगेका विद्यार्थी नारावाजीमा

प्रतिक्रिया