Edukhabar
विहीबार, २७ बैशाख २०८१
विचार / विमर्श

‘गेटमा फोटो टाँसेर छिर्न नदिँदा कतिसम्म टर्चर छ भन्ने मलाई मात्रै थाहा छ’

मलाई अस्पताल भित्र छिर्न दिइएको छैन । म पढ्न चाहन्छु । बिरामीको सेवा गर्न चाहन्छु । दुई साता काम नगरी बस्नु भनेको मेरो लागि ठुलो लस हो ।

मंगलबार, २४ पुस २०८०
डा. दाहाललाई रोक्न बसेका सुरक्षागार्ड । फोटो :स्वास्थ्यखबर

यो मेरो लाइफको टर्निङ प्वाइन्ट हो । एक दुई दिन पनि यति महत्त्वपूर्ण हुन्छ कि भन्नै सकिँदैन । पढ्ने, प्राक्टिस गर्ने सिक्ने बेलामा १४ दिनसम्म मलाई कलेजमा प्रवेश दिइएको छैन । वीर अस्पताल, महाराजगञ्जको टिचिङ अस्पतालमा साथीहरू पढिरहेको देख्छु । आफू भने कलेजको गलत कामको विरोध गर्दा निलम्बनमा परेको छु । 

हाम्रो कुरा के हो भने हामीलाई अस्पताल भन्दा बाहिर नखटाऊ भन्ने हो । दुई चार दिन खटिनु स्वाभाविक हो तर, १५/१६ दिन स्वास्थ्य शिविरमा खटिनु पर्छ ।  दुवाकोटको अस्पतालमा ७/८ दिन खटिनु पर्ने भएपछि एकदमै गाह्रो पर्‍यो । आधा समय अस्पताल बाहिर हुने अवस्था भयो । हाम्रो पढाइको क्वालिटी कम हुने भएकोले कुरा उठाउन थाल्यौ । शिविर हाम्रो लागि बोझ जस्तो हुन थाल्यो । करियर नै बिग्रनेमा हामीलाई चिन्ता लाग्यो । 

शिवरमा जाँदा ज्यानै जाने अवस्था समेत हुन थाल्यो । एक जना साथी बिरामी पनि पर्नु भयो । यति दुःखको साथ काम गर्दा पनि सोध खोज नभएपछि हामीले क्याम्प नजाने भनेका थियौ ।

हेल्थ क्याम्प नजाने भनेर ८० जनाको हस्ताक्षर सहितको पत्र प्रिन्सिपललाई बुझायौ । कलेजले शिविर गर्ने हाम्रो पोलिसि हो भन्न थाल्यो । त्यही बेला ६ वटा क्याम्पको सूचना निकाल्यो । म गइन । अस्पतालमै काम गरिरहे । मलाई जाऊ पनि भनेनन् । 

कलेजमा राजनीति गर्ने, कलेजले भनेको नमान्ने भनेर मलाई स्पष्टीकरणको मौका समेत नदिई एक महिनाको लागि कलेजबाट निस्कान गर्‍यो । जुन बेला म अस्पतालमा डिउटी गरिरहेको थिए । 

अघिल्लो दिनसम्म दिनरात काम गरेको अस्पतालमा भोलीपल्टदेखि भित्र छिर्नै दिएको छैन । विश्वविद्यालयले निलम्बन फिर्ता गर्न भनिसकेको छ । मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रीज्यूले पनि मङ्गलवार पत्र पठाएर निलम्बन फुकुवा गर्न निर्देशन दिनु भएको छ । तर, मलाई अस्पताल भित्र छिर्न दिइएको छैन । म पढ्न चाहन्छु । विरामको सेवा गर्न चाहन्छु । दुई साता काम नगरी बस्नु भनेको मेरो लागि ठुलो लस हो । कलेजको चार वटै गेटमा मेरो फोटो टाँसिएको छ ।

मलाई भित्र छिर्न नदिन २०–३० जना सुरक्षा गार्ड खटाएका छन् । सिनियर कन्सल्टयान्ट सरहरुले पनि अपराधी जस्तो हेर्ने भयो । शैक्षिक दाग त छदै छ । अपराधी जस्तो गेटमा फोटो टाँसेर छिर्न नदिँदा कतिसम्म टर्चर छ भन्ने मलाई मात्रै थाहा छ । 

कलेजले गर्ने स्वास्थ्य शिवीर मनलाग्दि रुपमा सञ्चालन हुँदै आएको भन्दै प्रश्न उठाएकै भरमा  कलेजका रेजिडेन्ट डाक्टर दाहाललाई प्रशासनले कलेजको नीति विरुद्ध लागेको आरोप लगाउँदै एक महिनाका लागि निलम्बन गरेको घोषणा गरेको छ । सोही सन्दर्भमा दाहालसँग गएिको कुराकानीको मुख्य अँश ।

bishad 2bishad 3 bishad 3bishad dahal 1

 

 

यो विषयसँग सम्बन्धित अन्य खबर पनि पढ्नुहोस् :

 

केएमसीका सञ्चालक शर्माको चुनौती - ‘ शिक्षामन्त्रीको चिठ्ठीले हामीलाई केही फरक पर्दैन । सम्बन्धन खारेज गरेर देखाऊ’शिक्षा मन्त्रालयको २४ घण्टे निर्देशन केएमसीद्वारा अवज्ञा

केएमसीले शिक्षा मन्त्रालय चलाएको कि मन्त्रालयले केएमसी ?

 

प्रतिक्रिया