Edukhabar
शनिबार, १२ साउन २०८१
गतिविधि

मलेसियाको निलाई विश्वविद्यालयबाट १ सय १० नेपाली विद्यार्थी दीक्षित

विहीबार, ०४ माघ २०८०

काठमाडौँ-मलेसियाको निलाई विश्वविद्यालयबाट १ सय १० नेपाली विद्यार्थी दीक्षित भएका छन् । काठमाडौँ तीनकुने स्थित पद्म श्री कलेजले निलाईको चार वर्षे कार्यक्रम  सञ्चालन गर्दै आएको छ । पद्य श्रीमा स्नातक तह बीआइटी र बीएचएम अध्ययन गरेका १ सय १० जना विद्यार्थी दीक्षित भएको कलेजका अध्यक्ष अणराज सिलवालले बताए  । पूर्व मुख्य सचिव लीलामणि पौडेल र सिलवालले विद्यार्थीलाई दीक्षित भएको प्रमाणपत्र प्रदान गरेका हुन् । पौडेलले दीक्षित विद्यार्थीलाई मुलुकभित्रै रोजगारीको अवसर खोजी गर्न आग्रह गरेका छन् । कार्यक्रममा डा. पुकार मल्ल, डा. लोचन रिजाल, एलिन बाइलोचन तुलाधर लगायतले देश भित्र तथा बाहिरका विभिन्न अवसर र सम्भावनाका बारेमा जानकारी दिए । पद्म श्री कलेजले पछिल्लो दुई  दशकयता सूचना प्रविधि, कम्प्युटर, हस्पिटालिटी लगायतका विषय पढाउँदै आएको छ । 

padma

प्रतिक्रिया