Edukhabar
सोमबार, ०७ जेठ २०८१
खबर/फिचर

शिक्षा मन्त्रालयलाई दिएको निर्देशन प्रति सांसदको फरक मत

पाँच बुँदे असहमती पत्र संसदीय समितिमा दर्ता

सोमबार, १५ माघ २०८०

काठमाडौं - प्रतिनिधि सभा अन्तरगत शिक्षा स्वास्थ्य तथा सुचना प्रविधि समितिले शिक्षा मन्त्रालयलाई दिएको निर्देशन प्रति असहमती जनाउँदै सांसद डा. तोसिमा कार्कीले समितिमा औपचारिक पत्र दर्ता गराएकी छन् । मापदण्ड नपुगेका कलेजलाई नर्सिङ् कार्यक्रम सञ्चालन गर्न दिन समितिले मन्त्रालयलाई दिएको निर्देशन प्रति कार्कीले असहमती जनाउँदै आएकी थिईन् । सोही विषयमा समिति सभापति भानुभक्त जोशीलाई सम्बोधन गरिएको पाँच बुँदे असहमती पत्र उनले सोमबार समितिमा दर्ता गराएकी हुन् । 

सांसद कार्कीको असहमती पत्र जस्ताको त्यस्तै पढ्नुहोस् :

tosima1 jpgtosima2
  
पूर्व शिक्षा मन्त्री समेत रहेका माओवादी सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा गठन गरेको उपसमितिले दिएको सुझावका आधारमा नर्सिङ् कार्यक्रम सञ्चालन गर्न दिन भन्दै समितिले शिक्षा मन्त्रालयलाई गुपचुप शैलीमा पत्र पठाएको थियो । चिकित्सा शिक्षा ऐन विपरितको उक्त निर्देशनका बारेमा एडुखबरले समाचार प्रकाशन गरे पछि उक्त विषय सार्वजनिक भएको थियो । 

पढ्नुहोस् : स्वार्थ पुरा गर्न कानुन मिचेर संसदीय समितिको निर्देशन [पत्र सहित]

समाचार सार्वजनिक भए पछि राष्ट्रिय स्वतन्त्र पार्टिका सांसदले समितिको बैठकमै उक्त निर्देशनको वैधानिकताको माग गरेका थिए । 

पढ्नुहोस् : एडुखबरमा प्रकाशित समाचारको संसदीय समितिमा वैधानिकता खोजी

उक्त दल बाहेकका दलका सांसद भने मापदण्ड नपुगेका कलेजलाई कार्यक्रम सञ्चालन गर्न दिन एक मत देखिएका छन् ।

पढ्नुहोस् : मापदण्ड नपुगेका कलेजलाई नर्सिङ पढाउन दिने संसदीय समितिको गुपचुप निर्देशन, चिकित्सा शिक्षा ऐन मिच्न रास्वपा बाहेकका दलहरू एकमत

समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदले त खबर प्रकाशन गरेको निउँमै एडुखबरलाई अरु बाट सञ्चालित भएको आरोप समेत लगाएका थिए । 

पढ्नुहोस् : एडुखबरमा प्रकाशित समाचार प्रति एमाले सांसदको आक्रोश, अरु बाट सञ्चालित भएको आरोप

उक्त विषयमा एडुखबरले लेखेको सम्पादकीय पनि पढ्नुहोस् :

स्वार्थबाट 'परिचालित' हुन छाड

 

प्रतिक्रिया