Edukhabar
शनिबार, १२ साउन २०८१
गतिविधि

त्रिवि उपकुलपति उम्मेदवारको सर्टलिष्ट निकाल्ने अन्तिम तयारी

शिक्षामन्त्री राई शुक्रवार बिहान गृह जिल्ला जाने कार्यक्रम भएकोले बिहीबार साँझ सर्टलिष्ट निकाल्ने बैठक राखिएको छ ।

विहीबार, २५ माघ २०८०

 

काठमाडौँ–त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट समिति उपकुलपतिको लागि दर्खास्त दिएका मध्ये १५ जनाको सर्टलिष्ट निकाल्ने अन्तिम तयारीमा जुटेको छ । खुला प्रतिस्पर्धाबाट दर्खास्त दिएका ४३ जनाको सोच पत्र, ४ वर्षीय व्यावसायिक योजना, अनुभव, पुस्तक प्रकाशन, अनुसन्धानको मुल्याङकनको आधारमा छनौट समितिले सर्टलिष्ट निकाल्ने तयारी गरेको हो । 

मन्त्रिपरिषद् बैठक सकेपछि बिहीबार साँझ शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राई सर्टलिष्ट निकाल्नको लागि मन्त्रालयमा राखेको बैठकमा गएका हुन् । ‘बैठक चलिरहेको छ । सर्टलिष्ट आज निकाल्ने कि भोली भन्ने बैठकले निर्णय गर्नेछ,’स्रोतले भन्यो । मन्त्री राई शुक्रवार बिहान गृह जिल्ला जाने कार्यक्रम भएकोले बिहीबार साँझ सर्टलिष्टको निकाल्ने बैठक राखिएको छ ।  ‘सर्टलिष्टको काम अन्तिम भएकोले मन्त्रीज्यू भोलीदेखि गृह जिल्लाको कार्यक्रम तय भएको छ,’स्रोतले भन्यो । 

उपकुलपति छनौट गर्न राईको संयोजकत्वमा तीन सदस्सीय छनौट समिति गठन भएको छ । समितिमा शिक्षा सचिव सुरेश अधिकारी र त्रिवि सभा सदस्य उपप्राध्यापक चन्द्रकला घिमिरे सदस्य छन् ।

त्रिविको उपकुलपतिको प्रतिस्पर्धामा  ४३ जनाले आवेदन दिएका छन् । उनीहरूले बुझाएको सोच पत्र र कार्य योजना ३ जनाबाट परीक्षण गराएर पाएको औसत अंकमध्ये उत्कृष्ट १५ जनाको सर्टलिस्ट सार्वजनिक गर्न लागेको हो । सर्टलिस्टमा परेकाहरूको मात्रै अन्तर्वार्ता र कार्य योजनाको प्रस्तुतीकरण हुनेछ । यो प्रस्तुतिपछि ३ जनाको नाम कुलपति तथा प्रधानमन्त्रीलाई सिफारिस हुनेछ । 

उपकुलपति पदमा नारायणप्रसाद बेलबासे, वेदनाथ शर्मा, भीमसेन देवकोटा, सूर्यबहादुर थापा, महानन्द चालिसे, शुभनारायण पाठक, विनयकुमार झा, लेखनाथ शर्मा, ज्ञानेन्द्रप्रसाद पौड्याल, गुणनिधि न्यौपाने, चन्द्रमणि पौडेल, नारायणप्रसाद चापागाईँ, ऋदिशकुमार पोखरेल, अक्कलदेव मिश्र, आनन्द वल्लभ जोशी, टंकनाथ धमला, सञ्चय आचार्य, कुसुम शाक्य, गोविन्द सुवेदी, संगीता रायमाझी, विनोद पराजुलीले दर्खास्त दिएका छन् । त्यस्तै केदारनाथ घिमिरे, देवबहादुर खड्का, शिवलाल भुसाल, रामचन्द्र बस्नेत, केशवराज पाण्डे, तीर्थराज खनियाँ, केशरजंग बराल, महेन्द्रप्रसाद आचार्य, चित्रबहादुर बुढाथोकी, कृष्णराज तिवारीले दर्खास्त दिएका छन् । 

हेमराज पन्त, भोजराज अर्याल, प्रकाश घिमिरे, त्रिरत्न बज्रचार्य, इन्द्रबहादुर कार्की, राजकुमार पोखरेल, नन्दबहादुर सिंह, एकराज ओझा, रामप्रसाद रेग्मी, बालमुकुन्द रेग्मी, नवराज देवकोटा, प्रमोदकुमार झाको पनि दर्खास्त दिएका छन् ।

 

प्रतिक्रिया