Edukhabar
विहीबार, २७ बैशाख २०८१
गतिविधि

जुरिचको अभिभावक दिवस

शनिबार, १७ चैत्र २०८०

 

भक्तपुर–सूर्यविनायक ३ नयाँ बस्तीको जुरिच किन्डर गार्डेनले शनिवार अभिभावक दिवस मनाएको छ । विद्यालय स्थापना भएको सातौँ वार्षिक उत्सवको अवसरमा भएको कार्यक्रममा युकेजी पुरा गरेका विद्यार्थी दीक्षित भएका छन् । 

विद्यालयले उत्कृष्ट काम गर्ने शिक्षक, कर्मचारीलाई सम्मान गरेको छ । त्यस्तै विद्यार्थीको सिकाइमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अभिभावक र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । 

विद्यालयले संस्कारयुक्त शिक्षाको साथै उचित स्याहार दिएर अभिभावकको मन जितिरहेको प्रिन्सिपल अमृत राउतले बताए । विद्यालयका संस्थापक एवं प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले दोलखाको जिरीलाई स्वीजरल्याण्डको जुरिचको नामले चिनिने भएकाले त्यही नामबाट विद्यालय सुरु गरेको बताए । नेपाली विद्यार्थी विदेश जाने क्रम रोक्न स्वदेशमै गरिखाने शिक्षा दिने नीति बनाउनु पर्ने उनले बताए । 

 

प्रतिक्रिया