Edukhabar
आइतबार, ०४ जेठ २०८२
अन्तैवाट

पढ्नकै लागी स्कुल जान ६ घन्टा पैदल

विहीबार, ३० पुस २०७२

काठमाडौँ, ३० पुस । पाँच कक्षा पढ्ने विक्रम पाख्रिन विद्यालय आवतजावत गर्न दैनिक ६ घन्टा पैदल हिँड्छन्।  भूकम्पका कारण गोल्चे गाविसको लिदीबाट विस्थापित भएर बाबुआमासहित सेलाङको बाँसखर्कमा बस्दै आएका पाख्रिन नजिक विद्यालय नभएका कारण पाँच घन्टा हिँडेर विद्यालय जान बाध्य बनेका हुन्।आफ्नो गाउँ पहिरोको जोखिममा परेपछि भूकम्प लगत्तै बाँसखर्क आएका उनी अध्ययन गर्न स्याउलेको सेतीदेवी उमाविमा आउने गरेका छन्।  

उनको गाउँ लिदी अहिले बसोबास गरिरहेको बाँसखर्कबाट १३ घन्टाको पैदल दुरीमा पर्छ। उनको परिवार बसेको ठाउँमा विद्यालय नभएकाले स्थानीयले एकजना शिक्षकको व्यवस्था गरेर अनौपचारिक कक्षा सञ्चालन गरे पनि उनी त्यहाँ पढ्दैनन्। यहाँ पढेर जाँच दिएको मान्यता हुँदैन भनेर बाबुले भनेकाले आफू स्याउले जाने गरेको विक्रमले बताए। 

विक्रमसँगै बाँसखर्क बस्दै आएकी १५ वर्षीया निर्मला दोङ पनि विद्याल जान दैनिक ६ घन्टा हिँड्छिन् । विस्थापित भएर बाँसखर्क बस्न थालेपछि विद्यालय आवतजावत गर्न ६ घन्टा हिँड्नु नौ कक्षामा अध्ययनरत उनको दैनिकी बनेको छ। 

गोल्चेको लिदीबाट बाबुआमासँगै विस्थापित भएर बाँसखर्क आएपछि उनी पनि स्याउलेमै पढ्न थालेकी छन्। उनी बसेको बाँसखर्कबाट स्याउले पुग्न कम्तिमा तीन घन्टा लाग्छ।  

बिहान जान तीन घन्टा लाग्छ, फर्कंदा त उकालो हिँड्न सकिँदैन तीन घन्टाभन्दा बढी हिँडेपछि बल्ल घर आइपुगिन्छ’, निर्मलाले भनिन् । नजिकै विद्यालय नभएको पीडामा निर्मलासँगै पढ्ने निमासांगे तामाङ पनि परेकी छन्। गाउँबाट विस्थापित भएपछि ६ घन्टा हिँडेर पढ्न जाने गरेको निमाले बताइन्।  

उनीहरूसँगै विस्थापित बस्तीबाट दैनिक ६ घन्टा पैदल हिँडेर ९ बालबालिका स्याउले जाने गरेका छन्।हिँड्नभन्दा पनि घरमा पढ्ने समय नहुने उनको गुनासो छ । बिहान उठेर हिँड्न हतार हुन्छ, बेलुका घर आइपुग्दा रात पर्छु, निमाले भनिन्, ुराति अबेरसम्म पढ्यो भने बिहान उठ्न सकिँदैन भन्ने डर लाग्छ।  

फेरि थकाइले पनि पढ्न गाह्रो हुन्छ। भूकम्पले विस्थापित बन्नु परेको भन्दा दैनिक ६ घन्टा हिँडेर पढ्न जानु परेकोमा बढी पीडा हुने बालबालिका बताउँछन् । घर आएर थकाइका कारण होमवर्क गर्न समस्या हुने निर्मलाले बताइन्। प्रायः विद्यालयमै खाली समय पारेर होमवर्क गर्नुपर्ने उनीहरूको बाध्यता छ।  

विद्यालय पुग्नेबित्तिकै घर फर्कंने चिन्ता हुन्छु, निमा भन्छिन्, ुभूकम्पले बाँचियो अब स्कुल आवतजावत गर्दा बाँच्न कठिन होला भन्ने पीर छ।ु विशेषगरी जिल्लाको हिमाली गाउँमा पहिरोको जोखिम भएपछि धेरै गाउँले अहिले विस्थापित भएर सुरक्षित स्थानमा बसेका छन्।  

विस्थापित भई आएको गाउँमा विद्यालय नभएका कारण अहिले धेरै बालबालिका अध्ययनकै लागि धेरै हिँड्नु पर्ने समस्यामा परेका छन्। जहाँ समुदाय त्यहाँ विद्यालय भन्ने भनाइ अनुसार स्थानीय निकायले कार्यान्वयन नगर्दा बालबालिका मारमा परेका छन्।

(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया