Edukhabar
शनिबार, २८ कार्तिक २०८३
गतिविधि

शिक्षा दिवसमा शिक्षक सम्मानित

विहीबार, २३ भदौ २०७३

भक्तपुर– राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७३ को अवसरमा १६ जना अपांगता भएका शिक्षकहरु सम्मानित भएका छन् ।

शारीरिक रुपमा अपाङ्ग भए पनि शिक्षण पेशामा लागेर शैक्षिक उन्नयनमा योगदान गरेको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठन भक्तपुरले बिहीबार कार्यक्रम आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा सामुदायिक विद्यालयका १४ र संस्थागत विद्यालयका २ शिक्षक रहेका छन् ।

सम्मानित हुने शिक्षकहरुमा उदय तामाङ, किरण शिल्पकार, रत्न सुनुवार, रवीन्द्र श्रेष्ठ, मन खत्री, बनेशा राई, कृष्णभक्त केसी, नीता कार्की, प्रभु शाह, सावित्री घिमिरे, बसन्त बस्नेत, दीपक अंशलागि, अम्बिका न्याइच्याईं, देउती लामिछाने, मायादेवी उप्रेती र काली तिमल्सिना रहेका छन् ।

उनीहरुलाई शिक्षक संगठनका महासचिव लक्ष्मण शर्माले कदर प्रत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति २०७३ भदौ २३ गते
 

प्रतिक्रिया