लमजुङ् - शिक्षा मन्त्री धनिराम पौडेलले अब देखि देशमा रहेका सबै शिक्षक स्थायी हुने र यसका लागि हरेक बर्ष विज्ञापन खोलेर शिक्षकको पदपुर्ती गर्ने तयारी भईरहेको बताएका छन् । भोटेओडारमा रहेको भक्ति नमूना माविको स्वर्ण महोत्सब समारोहलाई मंगलबार सम्बोधन गर्दै मन्त्री पौडेलले सामुदायिक विद्यालयमा १७ प्रकारका शिक्षक हुँदा पठन पाठन कमजोर बनेको बताए । निर्माणको चरणमा रहेको शिक्षा नियमावलीमा एकै प्रकारका शिक्षक रहने र ती सबै स्थायी हुने गरी व्यवस्था गर्न लागेको उनले बताए ।
१७ प्रकारका शिक्षक र तिनले पाउने सेवा सुविधा फरक फरक हुँदा सामुदायिक शिक्षाको क्षेत्रमा विकृति विसंगति वढेको उनको भनाई थियो । अब कुनै पनि शिक्षकले एक बर्षभन्दा वढी अस्थायी शिक्षक भएर काम गर्नु नपर्ने गरी मन्त्रालयले नियमावलीमा व्यबस्था गर्न लागेको मन्त्री पौडेलले बताए ।
सामुदायिक विद्यालयको पठन पाठनप्रति अभिभावक र विद्यार्थीलाई विश्वास नहुँदा बर्षेनी सरकारी विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएको उनका भनाई थियो । प्रत्येक शिक्षकलाई ‘मेरो प्रमुख दायित्व विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनु हो र त्यसकै लागि मलाई सरकारले तलब भत्ता दिएको हो’ भन्ने सम्झिएर काम गर्न उनले आग्रह गरे ।
मुलुकको राजनीतिक प्रणालीमा भएको परिवर्तन शिक्षा क्षेत्रमा पनि देखिनु पर्नेमा जोड दिदैं उनले राजनीतिक प्रणालीलाई संवोधन गर्ने खालको शैक्षिक प्रणाली स्थापना गर्न सरकार लागि परेको दावि गरे ।
कार्यक्रममा सांसद लालबहादुर गुरुङ, जिल्ला शिक्षा अधिकारी खड्गबहादुर कमाल, नेपाली कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेल, एमालेका भिमबहादुर गुरुङ लगायतले विद्यालयलाई शुभकामना दिएका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक उत्तरकुमार श्रेष्ठले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै अंग्रेजी माध्यमबाट पठनपाठन शुरु भएपछि विद्यार्थी संख्या बढेको जानकारी दिए ।
कार्यक्रममा मन्त्री पौडेलले विभिन्न प्रतियोगिता र पढाईमा उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरेका थिए । मन्त्री पौडेल जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रशासन कार्यालयले बेसीशहरमा आयोजना गरेको कार्यक्रममा पनि सहभागि भएका थिए ।
अनि गाेल्डेन ह्यान्डसेक चाहिँ के हुँदैछ त मन्त्री ज्यु?
गर्न सके अत्यान्तै राम्रो हूने थियो अनी मात्र मन्त्रि टिकाऊ हून्छ
चाडै नियमावली बनाई कार्यान्वयन गर्नुस,येति भए पुग्छ
ani tetra rahat sikxak chai k garnu hunx mantri jiu...
यो कुरा पनि गफ मै सिमित रहन सक्छ। किन कि १महिना देखि अन्तरबर्ता पास गरेका मा बि शिक्षकले नियुक्ती पाउन सकेन।अनि बर्सेपिछे शिक्षक बिज्ञापन को कल्पना गर्नु महामुर्खयता नै हो।