Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

कक्षा ११ को नतिजा सोमबार

आइतबार, १७ मंसिर २०७४

भक्तपुर - राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा ११ को आँशिक तर्फको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा भएको ६ महिना सम्म पनि कक्षा ११ को नतिजा सार्वजनिक गर्न नसकेको भनेर आलोचना भईरहेका बेला बोर्डले आँशिकको नतिजा सार्वजनिक गरेर अपजस मेटाउने कोशिस गरेको हो ।

नियमित तर्फको नतिजा भने चुनाव पछि मात्रै सार्वजनिक हुने श्रोतको दावी छ । विद्यार्थी स्नातक पढ्नबाट बञ्चित हुने खतरा बढ्दै गए पछि बोर्डले कक्षा ११ आँशिकको मात्रै भएपनि नतिजा सार्वजनिक गर्न लागेको उक्त श्रोतले जनाएको छ ।

'हामी परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारीमा छौं, चाँडै नै सार्वजनिक गर्छौ' बोर्डका परीक्षा नियन्त्रक डम्बर कुमार बतासले भने ।

उक्त परीक्षा दिन करिव एक लाख १ हजार ५ सय विद्यार्थीले फारम भरेका थिए ।

कक्षा ११ को नतिजा सार्वजनिक गर्न नसक्दा केको छैन । यसले गर्दा कक्षा १२ उत्तिर्ण भएर कक्षा ११ को आँशिक परीक्षा दिएका विद्यार्थी स्नातक पढ्नबाट बञ्चित हुने खतरा बढ्दै गएको छ ।

यति मात्रै हैन परीक्षाफल प्रकाशित हुन जति ढिलो हुन्छ विद्यार्थीलाई उति दवाव पर्छ । पुसमा परीक्षाफल प्रकाशित भएको एक महिना पछि मौका परीक्षा, त्यस पछि कक्षा १२ को परीक्षा, शिक्षा शास्त्र पढ्नेहरुको त्यही  विचमा पर्ने एक महिने टिचिङ् प्राक्टिस आदीले गर्दा विद्यार्थीलाई थप बोझ हुने छ । तर विद्यार्थीको यो दवाव प्रति बोर्ड संवेदनशील नदेखिएको भन्दै आलोचना भईरहेको छ ।

परीक्षामा कार्यरत कर्मचारीलाई समेत चुनावमा खटाएपछि नतिजा सार्वजनिक गर्ने काममा प्रभाव परेको हो ।

पढ्नुहोस् : कक्षा ११ को नतिजा अन्यौलमा

स्थानीय तहको निर्वाचनका कारण पटक पटस मिति सार्दै असार १ गतेदेखि कक्षा ११ को परीक्षा भएको थियो । परीक्षामा सहभागी हुन देशभरबाट चार लाख ४९ हजार ५४ विद्यार्थीले फारम भरेका थिए ।
११ कक्षामा परीक्षामा दुई लाख ११ हजार ६ सय ८१ छात्र र दुई लाख ३७ हजार ३ सय ७३ छात्रा रहेका छन् ।

प्रतिक्रिया