Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

प्रधानमन्त्री देखि शिक्षा मन्त्री सम्म भर्ना अभियानको दौडाहमा

बुधबार, ०५ बैशाख २०७५

काठमाडौं - विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालय भित्र्याउन सरकारले शुरु गरेको भर्ना अभियानको मुख्य दिन बुधबार प्रधानमन्त्री देखि शिक्षा मन्त्री सम्म विभिन्न जिल्लाको दौडाहमा ब्यस्त छन् ।

प्रधानमन्त्री केपी ओली र शिक्षा मन्त्री गिरिराजमणि पोखरेल सिराहको कल्याणपुर स्थित रामदुलारी माविको कार्यक्रममा सरिक भएका छन् ।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र गृह मन्त्री रामबहादुर थापा चितवनको कार्यक्रममा सहभागी रहेको शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले जानकारी  दिए ।

विभिन्न दलका नेताहरु आआफ्नो क्षेत्रमा आयोजित भर्ना अभियानका विभिन्न कार्यक्रममा सरिक भएका शिक्षा विभागले जनाएको छ ।

'विभिन्न दलका नेता र मन्त्री ज्यूहरु विभिन्न जिल्लामा भर्ना अभियान सफल पार्न आयोजित कार्यक्रममा सरिक हुनु भएको खबर त अ ाएको छ, तर को कहाँ हुनुहुन्छ भन्न्े कुरा अहिल्यै यकिन गर्न सकिने अवस्था छैन' विभागका निर्देशक केशव दाहालले भने, 'बेलुका सम्म सबै जिल्लाबाट रिपोटिङ् भए पछि मात्रै हामी को कहाँ हुनुहुँदो रहेछ बताउन सक्छौं ।'

नेपाल सरकारले “एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइमा स्थायित्व” भन्ने आह्वान अनुसार समाजका सबै क्षेत्रका नागरिकलाई भर्ना अभियानमा सरिक हुन आग्रह गरेको छ ।

सरकारले हरेक बर्ष नयाँ शैक्षिक सत्रलाई भर्ना अभियानका रुपमा मनाउँदै आए पनि अझै ५ देखि ९ बर्ष उमेर समूहका अर्थात् प्राथमिक तहमा अध्ययन गर्नु पर्ने बालबालिकाहरु मध्ये २ दशमलव ८ प्रतिशत बालबालिकाहरू विद्यालय बाहिरै छन् । यस्तै कक्षा १ देखि ८ सम्म अर्थात् आधारभूत तहका कूल बालबालिका मध्ये ७ दशमलब ७ प्रतिशत बालबालिकाहरू विद्यालय बाहिर रहेको सरकारी तथ्याँक छ ।

विद्यालय बाहिर रहेका ती बालबालिकालाई विद्यालय भित्र ल्याउनका लागि हरेक एक जनाले एक बालबालिकालाई पठन पाठनको ब्यवस्थामा सहयोग गर्न सरकारले अपील गरेको छ ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने ब्यवस्था गरेको छ । उक्त ब्यवस्था कार्यान्वयनका लागि एक बर्ष भित्र अधिकारमा आधारित अनिवार्य शिक्षा सम्बन्धि ऐन तयार गर्नु पर्ने छ । त्यस अघि नै सबै बालबालिकालाई शिक्षाको सुनिश्चितता गर्न सरकारलाई दवाव छ ।

यो पनि पढ्नुहोस् :  भर्ना अभियानको 'स्टण्ट' : ल्याउने मात्रै कि टिकाउने र सिकाउने पनि !

शिक्षाबाट वञ्चित बालबालिकालाई अभिभावकत्व ग्रहण गरिदिन सरकारको अपील

पढाउने जिम्मा प्रधानमन्त्री देखि वडाध्यक्ष सम्मलाई !

प्रतिक्रिया