Edukhabar
बुधबार, २६ बैशाख २०८१
अन्तैवाट

डा. केसीका प्रतिनिधिसँग छलफल

मंगलबार, ०१ साउन २०७५

काठमाडौं १ साउन / सरकारले १७ दिनदेखि आमरण अनशनरत प्रा.डा. गोविन्द केसीसित वार्ता गर्न ३ सदस्यीय टोली गठन गरेको छ । डा. केसी ७ बुँदे माग राखी जुम्लामा अनशनरत छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले शिक्षा सचिव खगराज बरालको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।

वार्ता टोलीमा गृह र स्वास्थ्य मन्त्रालयका सहसचिवसमेत सदस्य रहेको जानकारी कानुनमन्त्री शेरबहादुर तामाङले दिए । ‘वार्ता टोलीले डा. केसीका मागबारे बुझेर कसरी सम्बोधन गर्न सकिन्छ लगायत विषयमा जानकारी दिनेछ,’ कानुनमन्त्री तामाङले भने । टोलीले केसीको स्वास्थ्य अवस्थाबारे जानकारीसमेत लिनेछ । टोलीले डा. केसीका प्रतिनिधिसँग सोमबार राति नै वार्ता गरेको छ ।

यसैबीच चिकित्सक संघले ४८ घण्टाभित्र सरकारले डा. केसीका माग सम्बोधन नगरे देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प गर्ने चेतावनी दिएको छ । संघले विज्ञप्ति जारी गरी आमरण अनशनको १७ औं दिनसम्म सरकारले गम्भीरता प्रदर्शन नगरेर केसीको जीवनरक्षाका लागि कुनै पहल नगरेकाले कडा पाइला चाल्न बाध्य भएको जनाएको छ ।

कान्तिपुरबाट

प्रतिक्रिया