Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

शिक्षक सरुवामा रोक

मंगलबार, ०१ साउन २०७५

भक्तपुर - दुई महिना रोकेर गत जेठ २२ गते खोलिएको शिक्षकको सरुवामा शिक्षा विभागले फेरी रोक लगाएको छ । 

'शिक्षक सेवा आयोगबाट विज्ञापन प्रकाशित भईसकेको सन्दर्भमा विज्ञापन गरिएका पदहरुमा शिक्षक पदस्थापनामा प्रतिकुल असर पर्ने खालका जिल्लान्तर सरुवा रोक्ने निर्णय भएको' विभागले जनाएको छ । उक्त निर्णय विभागले पाँच वटै क्षेत्रीय शिक्षा निर्देशनालय र ७७ वटै जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा सर्कुलर गरेको छ ।  

यस अघि शिक्षक दरबन्दी मिलान नभईञ्जेल सम्म शिक्षक नियुक्ति, सरुवा र दरबन्दी मिलानका काम नगर्न गत चैत २१ गते तत्कालिन जिल्ला शिक्षा कार्यालयहरुलाई विभागले निर्देशन दिएको थियो ।

उक्त रोकलाई गत जेठ २२ गते शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले फुकुवा गराएका थिए । शिक्षक सेवा आयोगले खुल्ला विज्ञापनको अन्तिम तयारी गरिरहेको र विद्यालय तहसम्मको शिक्षाको अधिकार स्थानीय सरकार मातहत भईसकेको अवस्थामा असोज पछि शिक्षक सरुवा गर्न नसकिने भएकोले आफू निकटका शिक्षकलाई भनेको ठाउँमा सरुवा गराउन मन्त्रीले उक्त निर्णय गरेका थिए ।

प्रतिक्रिया